शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • प्रदेश ७
  • दार्चुलामा तुइनबाट खसेर १० वर्षीय बालक बेपत्ता

दार्चुलामा तुइनबाट खसेर १० वर्षीय बालक बेपत्ता

  • आइतवार, पुस २४, २०७९
दार्चुलामा तुइनबाट खसेर १० वर्षीय बालक बेपत्ता

दार्चुलामा तुइनबाट खसेर १० वर्षीय बालक बेपत्ता भएका छन्। जिल्लाको ब्यास गाउँपालिका–४ डोकट गाउँको तल तुइनबाट खसेर महाकाली नदीमा एक बालक बेपत्ता भएका हुन्।

बिहीबार दिउँसो नेपालबाट भारत जाने क्रममा डोकटका स्थानीय १० वर्षीय बालक दिपेन्द्र विष्ट तुइनबाट खसेर बेपत्ता भएको स्थानीयले बताएका हुन्।

ब्यास गाउँपालिका–४ खाल्नगर बस्तीमा बसोबास गर्ने डोकटस्थित मेलपाटा टोलका दिपेन्द्र तुइन तर्ने क्रममा खसेर बेपत्ता भएको ब्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले बताए। घटना बिहीबारको भएको भए पनि आज मात्र बाहिर आएको हो।

बिहीबार बिहान भारततिर खर काट्न गएकी आमाको पछि–पछि गएका दीपेन्द्र तुइनबाट नदीमा खसेको बताइएको छ। उनी डोकटस्थित ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए।
प्रहरीले पनि उक्त घटनाबारे यकिन जानकारी नभएको जनाएको छ। बेपत्ता भएको विषय बुझ्न अहिले सुन्सेरा प्रहरी चौकीबाट बेपत्ता बालकको घरमा प्रहरी पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार