• होमपेज
  • समाज
  • स्वास्थ्यकर्मी थापाको पहलमा नारायण जोशिको सफल शल्यक्रिया 

स्वास्थ्यकर्मी थापाको पहलमा नारायण जोशिको सफल शल्यक्रिया 

  • शनिबार, पुस २३, २०७९
स्वास्थ्यकर्मी थापाको पहलमा नारायण जोशिको सफल शल्यक्रिया 

जीवन कैला — बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका वडा नं ४ बस्ने स्वर्गीय मनभक्त जोशिको छोरा नारायण जोशिको भेरी अस्पताल नेपालगञ्जमा सफल शल्यक्रिया उपचार भएको छ । बिगत ६ बर्ष देखि शरिरको संबेदनसिल अङ्गमा देखा परेको जटिल समस्याबाट ग्रसित बनेका जोशीको स्वास्थ्यकर्मी राजन कुमार थापाको पहलमा सफल शल्यक्रिया भएको हो ।

आर्थिक समस्याका कारण चार पाचँ वर्ष देखि उपचार हुन नसकेका करीव १२ वर्षिया जोशीको पहिलो पटक उपचार भएको आफन्त जजु जोशीले  बताए  । आर्थिक आभावका कारण लामो समय देखि उपचार हुन नसकि घरमा रोग पालेर बसेका जोशीको पहिलो पटक उपचार हुदा खुशि लागेको उनले बताए ।

आफन्त जोशीले भने, नारायाणको साहारा पनि कोही छैन, वुवा मनभक्त जोशीको मृत्यु पछि उनि आमाको लालान पोषणमा छन, विपन्न परीवारको जन्मले उनलाई उपचार त के साझँ विहान मानो जुटाउन पनि निकै समस्या  हुने गरेको छ । यहि आर्थिक अभावका कारण उनले समयमा उपचार गर्न पाएन, अवस्था जटिल बन्दै गयो र पछि झन खतरा हुने डरले रिन सापटी गरेर आफन्तबाट उपचार गर्ने सल्लाहा भए पनि डाक्टर थापाले सहयोग गर्नु भयो सफल उपचार भयो  उनले भने ।

नेपालगन्जमा स्वास्थ्यकर्मी थापाको सहयोगमा उपचार पनि राम्रै भएको र खान वस्न पनि समस्या नभएको उनले बताए। नेपालगञ्जको उपचार पछि डाक्टरको सल्लाहा अनुसार नारायणको  कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको आफन्त जोशीको भनाई छ । हिजो ड्रेसिङ्ग भएको र भोली पनि गर्नु पर्ने भएको बताउदै उनले नारायाणको जटिल अंगमा पहिले भन्दा उपचार पछि केहि सुधार आएको बताएका छन । आर्थिक समस्याका कारण उपचार नहुदा घरमा थन्किएका जोशीको स्वास्थ्यकर्मी थापाको पहलमा उपचार हुदा सहज भएको आफन्त जोशीले बताए ।

भेरी अस्पतालका मे.शु.  डाक्टर बद्री चापागाई, तत्कालीन मे.शु.डाक्टर प्रकाश थापाको सहयोगमा पुणरुपमा निशुल्क (राइट इन्डाइरेक्ट इनगुनल हर्निया) को शल्यक्रिया सर्जन डाक्टर हरिहर देबकोटाको टिमले उनको सफल शल्यक्रिया गरेको स्वास्थ्यकर्मी थापाले बताए ।

जोशिको सल्यक्रियाको लागि आवस्यक औषधि, सामाग्री र खानाको पुणरुपमा अस्पताल बाट ब्यबस्था गरिएको थियो र प्रयोगशाला जाचँका लागि प्रकाश मेडिकल तथा प्रकाश हस्पिटलका फिजिसियन श्रदेय डाक्टर प्रकाश नागको सहयोगमा निशुल्क जाचँ गरिएको थापाले बताए ।

नारायण जोशिको उपचारमा सहयोगको लागि देश तथा विदेशमा रहनुभएका आफन्तबाट २७ हजार ५ सय रुपैयाँ संकलन भएकोमा थापाको भनाई छ । जसमा डाक्टर फि, भिडियो एक्सरे जाचँ, एक्सरे/इ.सि.जि. जाचँ, कपडा र अभिभावकको खाना गरी ११ हजार ३२०, हवाइ र यातायात भाडाका लागि १४ हजार रकम खर्च भएको र बाकी रहेको ५ हजार सर्जन डाक्टर हरिहर देबकोटाको हातबाट नारायण जोशीलाई हस्तान्तरण गरीएको थापाले बताए।

रकम हस्तान्तरण गर्दै डाक्टर देबकोटाले भेरी अस्पताल का मे.शु. डाक्टर बद्री चापागाई र तत्कालीन मे.शु. डाक्टर प्रकाश थापाले नारायण जोशिका लागि ठूलो सहयोग गरि आफ्नो टिमले शल्यक्रिया गर्न पाउँदा खुशी व्यक्त गरेका छन । स्वास्थ्यकर्मी थापाले जोशिको उपचारको लागि स्वदेश/बिदेश बाट सहयोग गर्नु हुने सम्पुणर्मा र भेरी अस्पतालका मे.शु. श्रदेय डाक्टर बद्री चापागाई, तत्कालिन मे.शु.डाक्टर प्रकाश थापा र प्रकाश मेडिकल तथा प्रकाश हस्पिटल का फिजिसियन श्रदेय डाक्टर प्रकाश नागले आफ्नो अनुरोध स्वीकार गरि नारायणको भबिस्यका लागि ठूलो सहयोग गरि शारिरिक कुरुपता हुनबाट बचाउनु भएकोमा स्वास्थ्यकर्मी थापाले धन्यवाद दिएका छन । थापाले यस्तै पीडाबाट ग्रसित ब्यक्तीहरुको पहिचान गरि स्थानिय सरकार, जनप्रतिनिधिले अभिभावकत्व ग्रहण गर्नु पर्नेमा जोड दिएका छन ।

बाजुरा जिल्लाको सामान्य परिबारमा जन्मेका स्वास्थ्यकर्मी थापा २०७६ सालमा देशकै उत्कृष्ट स्वास्थ्यकर्मीको बिधामा सम्मानित बनेका थिए । २०७१ सालमा नेपाल सरकारको स्वास्थ्य सेवामा प्रबेश गर्नुभएका स्वास्थ्यकर्मी थापा पेशामा संलग्न भएदेखी निरन्तर पेशा सङ्गै स्वास्थ्य क्षेत्रमा समेत समाज सेवा गर्दै आएका छन  ।

चर्चामा

सम्बन्धित समाचार