काठमाडौं – पुस २७ गते सार्वजनिक बिदा दिन माग गरिएको छ। सत्तारुढ दलहरुले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिन माग गरेका हुन्। सत्ता साझेदार दलहरुको कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गते सार्वजनिक बिदा दिने उल्लेख छ।
‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने’ कार्यदलले तयार पारेको मस्यौदामा लेखिएको छ । कार्यदलले तयार पारेको मस्यौदालाई शीर्ष नेताहरुले अनुमोदन गरेपछि यसबारे औपचारिक निर्णय हुनेछ। सरकारमा सहभागी हुन राप्रपाले पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिनुपर्ने सर्त राख्दै आएको थियो ।