शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिमको मुख्यमन्त्री निवासमा पाँच वर्षमा २३ लाख २४ हजारका जिन्सी प्रयोग

सुदूरपश्चिमको मुख्यमन्त्री निवासमा पाँच वर्षमा २३ लाख २४ हजारका जिन्सी प्रयोग

  • शुक्रबार, पुस २२, २०७९
सुदूरपश्चिमको मुख्यमन्त्री निवासमा पाँच वर्षमा २३ लाख २४ हजारका जिन्सी प्रयोग

धनगढी – सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको कार्यकाल सकिदैँछ। प्रदेशमा दोस्रो कार्यकालका लागि नयाँ मुख्यमन्त्री चयनमा दलहरुबीच हानथाप छ। तर, प्रदेशका प्रथम मुख्यमन्त्रीको निवासका लागि भने पाँच वर्षमा २३ लाख २४ हजारका फर्निचर तथा जिन्सी सामाग्री खरिद गरिएको पाइएको छ।

मुख्यमन्त्री भट्टले जिन्सी सामग्री खरिदमा किफायती भएको दाबी गरेका छन्। उनले पाँच वर्षमा सोफासमेत परिवर्तन नगरेको जिकिर गरे। ‘राजनीति गर्ने मान्छेको स्वभाव अनुशासन र इमान्दारीता आवश्यक छ।’ नेपालमा देखिएको के हो भने, पद नपाउँदासम्म बढी क्रान्तिकारी कुरा गर्ने, पद पाएपछि क्रान्तिकारीपन सिद्धिएर आफू सबैभन्दा बढी गैरक्रान्तिकारी भएर बाहिर आउने र जनताको आक्रोश सबैभन्दा बढी देखिने हुन्छ,’ उनले भने।

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार पाँच वर्षमा मुख्यमन्त्रीको सरकारी निवासमा २३ लाख २४ हजार चार सय ७६ रुपैयाँका जिन्सी सामग्री खरिद गरिएको छ। सुरूमा भाडाको घरमा बसेका मुख्यमन्त्री भट्ट केही समयपछि सरकारी निवासमा सरेका थिए।

भाडाको निवासका लागि खरिद गरिएका फर्निचरसहितका जिन्सी सामान सरकारी निवासमा पनि प्रयोग हुँदै आएको छ। मुख्यमन्त्री भट्ट राज्यको सम्पती आफ्नो र आफन्तका लागि प्रयोग गर्न नहुने बताउँछन्। उनले भने, ‘राज्यको सम्पतीलाई आफू, आफ्नो स्वार्थ र आफन्तहरुको लागि प्रयोग गर्न हुँदैन्। यो सबैभन्दा ठुलो अपराध हो। नेपालमा भएको यहीँ छ। राज्यको सम्पती दुरुपयोग गर्न हुँदैन्।’

मुख्यमन्त्रीको निवासका लागि दराज, पलङ, टेबल, कुर्सी, सोफा, ढोका, पंखा, टीभी, बेन्च, ग्याँस सिलिण्डर, कम्प्युटर, प्रिन्टर, सीसीटीभी, मोबाईलगायतका जिन्सी सामान खरिद गरिएको थियो।

मुख्यमन्त्री भट्टले पाँच वर्षमा निवास तथा मन्त्रालयका फर्निचर तथा जिन्सी सामान परिवर्तन नगरेको दाबी गरेका छन्। ‘मेरो कार्यालयमा पनि पाँच वर्षसम्म तेही सोफा छ। सुरुमा ल्याएको सोफा अहिलेसम्म छ। कार्यालयको कोठा मात्र परिवतर्न गरेको हो,’ मुख्यमन्त्री भट्टले भने। सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाँच वर्ष पहिले खरिद गरेका सोफासमेत परिवर्तन नगरेको दाबी गरेका छन्।

अन्य मन्त्रीहरुको भन्दा आफ्नो निवासमा कम जिन्सी सामग्री प्रयोग भएको उनको दाबी छ।

चर्चामा

सम्बन्धित समाचार