बाजुरा — अनेरास्ववियू बाजुराले जिल्ला सदरमुकाम मार्तडी बजार क्षेत्र भित्र रहेको फोहर र प्लास्टिकलाई मुक्त बनाउने अभियान सुरु गरेको छ । मार्तडी बजारलाई सुन्दर सहरको रुपमा चिनाउन अनेरास्ववियु बाजुराको पहिलो चरणको अभियन आजबाट सुरुवात गरेको अनेरास्ववियू बाजुराले जनाएको छ ।
जिल्लाकै नमुना विद्यालय मालिका नमुना माध्यमिक बिद्यालयको भवन पछाडि बाट बग्ने फोहरको नालि केही बर्षदेखि खुला र दुर्गन्धित भएको कारण विद्यार्थीलाई पढ्न र कक्षा कोठा समेत बस्न नहुने गरि दुर्गन्धित भएको ठाउँबाट सो अभियानको सुरुवात गरिएको जनाएको छ । अनेरास्ववियु बाजुराले फोहर र दुर्गन्धित नाली सरसफाइ गरेको लक्ष्मण रोकायाले बताए ।
त्यस्तै बजारबाट उठाएर मुख्य राजमार्गको रुपमा रहेको साफेँ मार्तडी सडको छेउमा जथाभावि रूपमा सडक नै अवरूद्व हुनेगरि माटो फालेको देखिएपछि संगठनले उक्त माटो समेत केही ठाउँबाट हटाएको अनेरास्ववियू बाजुराले जनाएको छ ।
आजबाट यो अभियान हप्ताको एक दिन बजार सरसफाइ गरिने जनाएको छ । अनेरास्ववियुले यो अभियानमा साथ दिन सदरमुकामबासी सबैमा अनुरोध समेत गरेको छ ।