शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • सञ्जिव अयडीको मृत्युमा किन मौन ?

सञ्जिव अयडीको मृत्युमा किन मौन ?

  • बुधबार, पुस २०, २०७९
सञ्जिव अयडीको मृत्युमा किन मौन ?

बाजुरा–मंसिर ४ गते भएको संघ र प्रदेशको चुनावमा गोलि लागेर २४ बर्षिय सञ्जिव अयडिको मृत्यु भएको थियो । मतदान केन्द्रमा दोहोरो झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर स्थानिय सञ्जिव अयडीको भयो ।
त्रिवेणी नगरपालिका ७ मा रहेको नाटेश्वरी आधारभुक्त बिद्यालयमा मतदानका क्रममा सञ्जिवको गोलि लागेर घटना स्थलमै मृत्यु भएको थियो । मृत्युपछि तिन दिन सम्म शब घटना स्थलमै रहेको थियो । तिन पछि सदरमुकाम मार्तडीमा पोष्टमार्टम पछि आफन्तले बुझेर दासंस्कार गरेका थिए । शब त्रिबेणी नगरपालिका नगर सभापति सुरेन्द्र गिरीले बुझेर लगेका थिए ।
सञ्जिवको मृत्युपछि स्थानिय एक समुहले अनेरास्वीयुका केन्द्रिय सदस्य चेतन अयडिको घरमै कुटपिट पछि मृत्यु भएको थियो । चेतन अयडिको न्यायका लागि नेकपा एमालेले बिरोध साथै दवाफ दिइरहेको छ । चेतन मृत्यु प्रकरणमा २४ जना बिरुद्धमा जिल्ला अदालत बाजुरामा मुद्धा चलिरहेको छ ।
सञ्जिव काँग्रेस सर्मथक कार्यकर्ता हुन् । प्रहरीको गोलि लागेर मृत्यु भएका सञ्जिवको न्यायका लागि खासै कोही बोलेको पाइदैन् । नेपाली काँग्रेस बाजुराले चुनावको केही दिन पछि बिज्ञप्ति निकालेको थियो । घटनाको डेढ महिना पछि नेविसंघले बिज्ञप्ति निकालेको भएपनि खासै बोलेको कतै देखिएको छैन् । कतै दबाफ सिर्जना गरेको पनि पाइदैन् ।
सञ्जिवलाइ गोलि हान्नु पर्ने अबस्था किन आयो, गोलि हानेपनि छातिमै हान्नुपर्ने अबस्था किन सिर्जना भयो भन्ने बारे कतै प्रश्न उठाएको पाइदैन् । सञ्जिवका बुवा मान बहादुर अयडीले भने छोरा मृत्यु पछि न कुनै पार्टीले सोधेका छैन्, न प्रहरी प्रशासनले आफ्नो छोराको न्यायका लागि बोलिदिने कोही नभएको वताएका छन् ।
छोरालाइ गोलि हान्नुपर्ने अबस्था किन सिर्जना भयो, गोलि हानेर मार्नुपर्ने अबस्था किन सिर्जना भएको हो बास्तबिक छानबिन हुनुपर्ने सञ्जिवका बुवाले बडिमालिका खबरलाइ बताएका छन् । छोराको न्यायका लागि कोही पनि बोलिदिने छैन् । चुनावको बेला भोट माग्ने नेताले समेत एक कल फोन गरेको छैन् । मेरो छोरा अकालमै मर्दा न नेता भए, न पत्रकार भए, न सरकार भएको मानले वताए ।
मानले भने मेरो छोरा मरेको पिडा मात्र हैन्, चेतनको मृत्युमा पनि त्यतिकै पिडा भइरहेको वताए । चेतन गाउँमा मात्र हैन्, जिल्लामै सम्भाबना बोकेको युवा थियो, छोरा सञ्जिव जत्तिकै चेतन अंकल मृत्युले पिडा भएको मानले वताए । पार्टीकै कारणले छोरा र अंकलको मृत्यु भएको उनले वताए ।
मान छोरा सञ्जिवको मृत्यु दिनमा बुवाको क्रियामा थिए । मानका बुवा सेते अयडी मृत्यु भएको ७ दिन भएको थियो । तिम्रो छोराको बारेमा के भएको हो हामी न्याय दिन्छु, हामी बोल्छौ भन्ने अहिले सम्म प्रशासन समेत बोलेको छैन, मानले वताए । छोराको अकालमै मृत्यु हुदा आफुले कुनै कसैका उपरमा अहिले सम्म एक शब्द नबोलेको उनले वताए ।
घटना पछि जिल्ला प्रशासन कार्यलय बाजुराले नियमअनुसार क्षतिपुर्ति मागका लागि गृह मन्त्रालयमा पत्रचार गरेको साहयक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टले वताएका छन् । हामीले मन्त्रालयमा चेतन र सञ्जिव दुबैको क्षतिपुर्तिको मागका लागि पठाएका छौ, केन्द्र बाट केहि निर्णय नआएको बिष्टले वताए ।
सरकारले उच्चस्तरीय छानबिन टोलि गठन गरेको छ । गृहमन्त्रिस्तरको मंसिर ७ को निर्णय अनुसार कसुरजन्य सम्पत्ति ब्यबस्थापन विभागका महानिर्देशक प्रेम प्रसाद भट्टराइको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको थियो ।
छानबिन समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक, सशस्त्र प्रहरी बल, नेपाल सशस्त्र प्रहरी नायव महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक र महान्यायाधिकक्ताको कार्यालयका उप न्यायाधिवक्ता रहेका थिए । छानविन समितिलाइ १५ दिन भित्र प्रतिवेदन दिन समेत निर्देशन दिएको छ । समितिले बाजुरा आएर छानबिन गरेको थियो । छानबिनको प्रतिबेदन अहिले सम्म सार्वजनिक भने भएको छैन् ।

चर्चामा

सम्बन्धित समाचार