शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • अलपत्र आमा र नवजात शिशुको समाचार पछि उद्धार, काठमाडौमा उपचार हुदै

अलपत्र आमा र नवजात शिशुको समाचार पछि उद्धार, काठमाडौमा उपचार हुदै

  • शनिबार, पुस १६, २०७९
अलपत्र आमा र नवजात शिशुको समाचार पछि उद्धार, काठमाडौमा उपचार हुदै

बाजुरा–आर्थिक अभाबमा अलपत्र आमा र नवजात शिशुको काठमाडौमा उपचार भइरहेको छ । उपचार अभाबमा आमा र छोरा अलपत्र समाचार दि हिमालयन टाईम्स, बडिमालिका खबर लगायत सञ्चार माध्यममा प्रकाशित पछि उद्धार भएर काठमाडौको पाटन अस्पतालमा उपचार भइरहेको श्रीमान सुरेन्द्र परिवारले वताएका छन् ।
समाचार प्रकाशित पछि काठमाडौमा रहेको शान्ति सेवा गृहले खान बस्न देखी उपचारमा सहयोग गर्ने गरि उपचार शुरु गरेको संस्थाका कार्यक्रम निर्देशक अप्सरा कार्कीले वताईन् । समाचार मार्फत अलपत्र रहेको जानकारी पछि बाजुरा देखी एम्बुलेन्सको भाडा समेत संस्थाले तिरेर काठमाडौमा उपचार शुरु गरेको कार्कीले वताईन् ।
हिमाली गाउँपालिका ६ बस्ने २० बर्षकी करिस्मा परिवार र उनको डेढ महिनाको छोरा उपचार अभाबमा अस्पताल बाजुरामा अलपत्र रहेको समाचार प्रकाशित भएको थियो । आमा मानसिक रोगि सँगै छोरा र दुबै कुपोषणको कडा सिकार बनेका थिए । पैसा नहुदा डेढ महिना देखी बिरामी श्रीमती र छोराको उपचार गर्न नसकेको श्रीमान सुरेन्द्र परिवारले वताएका थिए ।
कलिलै उमेरमा उपचार नपाएर मृत्युको मुखमा पुगेको समाचार मार्फत जानकारी भएपछि खान बस्न सँगै उपचारमा सहयोग गरिरहेको संस्थाका कार्यक्रम संयोजक बिजेन्द्र कुवरले वताएका छन् । करिस्मा र उनको डेढ महिनाको छोराको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको कुवरले वताएका छन् । आमालाइ मानसिक समस्या भएकाले सुधार आउन निकै समय लाग्ने चिकित्सले वताएका छन् ।
आर्थिक अबस्था निकै कमजोर भएका सुरेन्द्रका दुबैजना भारतमा डेढ बर्ष पहिला गएका थिए । श्रीमती सुत्केरी नहुनु भन्दा पहिला सुरेन्द्र कहिलेकाँही काम गरेर श्रीमतीको हेरचाह गर्दै आएका थिए । डेढ महिना पहिला श्रीमतीले छोरा जन्माइन् । छोरा जन्माउदा करिस्मालाइ अत्याधिक रक्तस्राब भएको थियो । बच्चा जन्माए देखी करिस्मा कमजोर हुदै गईन् । उनलाइ रक्तअल्पता सँगै मानसिक समस्या बढदै गएको थियो । पैसा नहुदा डेढ महिना देखी श्रीमती र छोराको उपचार गर्न सेकेको थिएन्, अहिले उपचार पाउँदा निकै खुशी भएको सुरेन्द्रले वताए ।
आमा कमजोर भएपछि छोराले आमाको दुध खान नपाउदा कुपोषणको सिकार बन्दै आएका थिए । श्रीमति र छोरा दुबै बिरामी भएपछि सुरेन्द्रले भारतमा काम गर्न छोडेर श्रीमती र छोराको हेरचाहमा लागेका थिए । काम गर्न छोडेपछि पैसा नहुदा श्रीमती र छोराका उपचार गर्न नसकेको उनले वताए ।
भारतमा अलपत्र अबस्था भएपछि जेनतेन गरेर बाजुराको सदरमुकाम मार्तडीमा पुगेका थिए । श्रीमती पनि थला परेपछि छोरा पनि चरम कुपोषणमा परेपछि उनलाइ समस्या भएको थियो । स्थानिय व्यबसाहि नर्मदा सिंह लगायतले बिरामी आमा र छोरालाई उद्धार गरेर जिल्ला अस्पताल पुयाएका थिए ।

चर्चामा

सम्बन्धित समाचार