शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • पुष १५ को अबसरमा बुढिगंगाको बजेडीमा देउडा कार्यक्रम हुदै

पुष १५ को अबसरमा बुढिगंगाको बजेडीमा देउडा कार्यक्रम हुदै

  • शुक्रबार, पुस १५, २०७९
पुष १५ को अबसरमा बुढिगंगाको बजेडीमा देउडा कार्यक्रम हुदै
फाइल फाेटाे

बाजुरा–पुष १५ को अबसरमा बुढिगंगा नगरपालिका २ बजेडीमा भब्य देउडा हुने भएको छ । १५ को अबसर पारेर शुक्रवार दिनभर देउडा हुने भएको स्थानिय मदन राज जोशीले वताएका छन् ।

पुष १५ लाइ शुदुरपश्चिममा पर्वका रुपमा मनाउने गरेका छन् । सोही अनुसार बजेडीको डोलगैरामा देउडा हुने भएको हो । आफ्नो कला संस्कृतिको जर्गना गर्नका लागि देउडा कार्यक्रमको आयोजना गरिएको जोशीले वताएका छन् ।

स्थानिय देउडा पारखि भक्त जोशी र दुरा सार्की बिच देउडा हुने भएको छ । देउडा हेर्नका लागि बजेडीमा बुढिगंगा, त्रिवेणी नगरपालिका र खप्तडछेडेदह लगायत ठाउँबाट सयौंको संख्यामा स्थानिय आउने भएको स्थानीयले वताएका छन् ।

सुदूरपश्चिमका जिल्लामा आजको दिनलाई धुमधामका साथ मनाउने गरिन्छ। एकापसमा जम्मा भएर कथा, गाउँखाने कथा सुन्ने सुनाउने पर्वका रूपमा लिने गरिन्छ। यहाँको स्थानीय भाषामा पुस १५ लाई ‘पदुरो’ भन्ने गरिन्छ। अन्य पर्व जस्तै पुस १५ लाई पनि निकै महत्वमा साथ मनाउने गरिन्छ।

यो पर्वमा दिनमा भन्दा रातिको समयमा एक ठाउँमा भेला भएर गरिने गतिविधिलाई विशेष महत्वका रुपमा हेर्ने गरिन्छ। टोल छिमेकको एक घरमा भेला भई आगो तापेर रातभर जाग्राम बस्ने, जाग्राम बसेका बेला विशेष गरी चामलको पिठोबाट बनेको ढुकढुके भुच्चाने रोटी, मास र चामल एउटै ठाउँका पिसेर बनाएको मासचाङ्गगले रोटी, तरुल, पिँडालु, सखरखण्डलगायतका कन्दमूलका साथै पाकेको फर्सी उसिनेर खाने चलन छ।

चर्चामा

सम्बन्धित समाचार