• होमपेज
  • समाचार
  • बागलुङमा तीन घण्टामा तीन वटा भूकम्प

बागलुङमा तीन घण्टामा तीन वटा भूकम्प

  • बुधबार, पुस १३, २०७९
बागलुङमा तीन घण्टामा तीन वटा भूकम्प

बागलुङ केन्द्रबिन्दु भएर बुधबार राति तीन वटा भूकम्प गएका छन् । बुधबार बिहानका राति १ बजेर २३ मिनेटमा बागलुङको अधिकारी चउर केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

त्यस लगत्तै २ बजेर ७ मिनेट जाँदा खुङ्गा केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो। सँगै बिहान ३ बजेर २८ मिनेटमा अधिकारी चउर नै केन्द्रबिन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

चर्चामा

सम्बन्धित समाचार