बुर्किनाफासोमा मिनिबस बारुदी सुरुङमा ठोक्किँदा कम्तिमा १० जनाको मृत्यु भएको छ। अरु ५ जना घाइते भएका छन्।
नाइजरसँगको सीमा नजिकै भएको दुर्घटनामा केही मानिस हराइरहेका बीबीसीले उल्लेख गरेको छ। बुर्किनाफासो र यसका छिमेकीले सन् २०१३ देखि जिहादी विद्रोहीको सामना गरिरहेका छन्। गत जनावरीमा सेनाले सत्ता कब्जामा लिँदै आक्रमण रोक्ने दाबी गरेको थियो।