बिहिबार, अशोज १७, २०८१
  • होमपेज
  • समाचार
  • दौरा सुरुवाल लगाएर शपथका लागि शीतल निवास पुगे प्रचण्ड

दौरा सुरुवाल लगाएर शपथका लागि शीतल निवास पुगे प्रचण्ड

  • सोमवार, पुस ११, २०७९
दौरा सुरुवाल लगाएर शपथका लागि शीतल निवास पुगे प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पद तथा गोपनीयताको शपथ लिन राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । उनी दौरा सुरुवाल लगाएर शपथ लिन पुगेका छन् ।

यसअघि २०६५ सालमा पहिलो पटक र २०७३ सालमा दोस्रो पटक प्रधानमन्त्री हुँदा प्रचण्डले सर्ट पाइन्ट, कोट, टोपी लगाएका थिए । पूर्वप्रधानमन्त्रीको हैसियतमा सरकारी सभा समारोहमा जाँदा पनि उनी कोट, पाइन्टमै जाने गरेका थिए । उनी निकट स्रोतका अनुसार प्रचण्डले यसअघि सार्वजनिक समारोहमा दौरा सुरुवाल लगाएका छैनन् ।

दौरा सुरुवाल सिलाउन आइतबारै शरीरको नापो लिएर पठाइएको थियो । स्रोतका अनुसार सोह्रखुट्टेस्थित एक टेलरिङ सेन्टरमा उनको दौरा सुरुवाल सिलाउन दिइएको थियो ।

चर्चामा

सम्बन्धित समाचार