• होमपेज
  • समाचार
  • जनमत पार्टीले लियो उद्योग मन्त्रालय, अब्दुल खान मन्त्री बन्ने

जनमत पार्टीले लियो उद्योग मन्त्रालय, अब्दुल खान मन्त्री बन्ने

  • सोमवार, पुस ११, २०७९
जनमत पार्टीले लियो उद्योग मन्त्रालय, अब्दुल खान मन्त्री बन्ने

जनमत पार्टीले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय लिने भएको छ । संसद भवन, बानेश्वरमा सोमबार बसेको सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुको बैठकमा जनमत पार्टीले यो मन्त्रालय लिने सहमति भएको हो ।

सांसदको रुपमा धेरै काम गर्न सक्ने अवस्था नभएकाले आफ्नो दलले सरकारमा जाने निर्णय गरेको अध्यक्ष सीके राउतले बताए । उनले भने, ‘हामीले उद्योग मन्त्रालय पाएको छ, हाम्रो पार्टीको तर्फबाट उपाध्यक्ष अब्दुल खान जानु हुन्छ ।’

प्रतिनिधिसभामा ६ सांसद भएको जनमत पार्टीमा सीके राउत आफैं सरकारमा जानुपर्ने मत थियो । यद्यपि, उनले अहिले आफू सरकारमा नजाने बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार