आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रपतिले दिएको समयसीमा सकियो, सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धनको सरकार

राष्ट्रपतिले दिएको समयसीमा सकियो, सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धनको सरकार

  • आइतवार, पुस १०, २०७९
राष्ट्रपतिले दिएको समयसीमा सकियो, सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धनको सरकार

संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिले दिएको आज साँझ पाँच बजेसम्मको समय सीमा सकिएको छ ।

निर्धारित समय सकिनु केही अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपतिको कार्यालय ‘शीतल निवास’ पुगेका छन् । नयाँ सरकारका लागि कांग्रेससहितको सत्ता गठबन्धन भत्किएसँगै नाटकीय रुपमा प्रचण्डको नेतृत्वमा एमालेसहितको सरकार बन्ने निश्चित भएको हो ।

शीतल निवास जानुअघि प्रचण्ड, ओली लगायतका नेताहरुले ओलीको बालकोटस्थित निवासमा बहुमत जुटाउन राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपाल लगायतका दलसँग छलफल गरेका थिए ।

उक्त छलफलमा साना दलहरुले समर्थन जनाउने र बहुमत जुट्ने प्रस्ट भएपछि प्रचण्ड र ओली सोही बैठकको निर्णयअनुसार बहुमतको दाबीका साथ शीतल निवास पुगेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार