काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालकोटमा पुगेका छन्। सत्ता गठबन्धनमा सरकार गठन गर्न सहमति नबनेपछि उनीहरू एमाले अध्यक्ष ओलीसँग वार्ताका लागि बालकोट पुगेका हुन्। यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि ओलीसँग छलफल गरेका छन्।
अहिले बालुवाटारमा सहमति नभएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि बालकोटा जाँदैछन्।