सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बडिमालिका
  • मार्तडीमा सौगात आयल स्टोरको सम उद्घाटन

मार्तडीमा सौगात आयल स्टोरको सम उद्घाटन

  • आइतवार, पुस १०, २०७९
मार्तडीमा सौगात आयल स्टोरको सम उद्घाटन

टेक बहादुर बुढा,बाजुरा – जिल्लाको सदरमुकाम मार्तडीमा सौगात आयल स्टोरको सम उद्घाटन गरिएको छ ।

शनिबार एक औपचारिक कार्यकम्रको आयोजना गरि बडिमालिका नगरपालिका ९ चौराटी खेतमा उक्त आयल स्टोरको सम उद्धाटन गरिएको हो ।

सौगात आयल स्टोर नेपाल आयल निगम लिमिटेडको अधिकृत प्याक्ड बिक्रेता समेत रहेको छ । सौगात आयल स्टोरका प्रो प्रकाश थापाको अध्यक्षतामा सञ्चालन भएको उक्त आयल स्टोर सम उद्घाटन कार्यक्रममा प्रमुख अथिति उद्योग बाणिज्य संघ बाजुराका अध्यक्ष देव बहादुर रोकाया रहेका थिए । प्रमुख अथितिको रुपमा बोल्दै उद्योग बाणिज्य संघ बाजुराका अध्यक्ष देव बहादुर रोकायाले भने व्यावसायीहरुले मिहिनेतिका साथ गरेका व्यावसायहरुलाई आगामी दिनहरुमा थप प्रभावकारी रुपले सञ्चालन गर्नका लागी सबैले साथ सपोट गर्नु पर्ने बताए । साथै उक्त आयल स्टोरलाई आफ्नो तर्फबाट गर्न सकिने सहयोगका लागी कहिलै पछि नहट्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

जिल्लामा सञ्चालन हुने सवारी साधन र स्थानियबासीहरुलाई सर्वसुलभ तवरले सेवा दिने उदेश्यका साथ उक्त पेट्रोल पम्पको सञ्चालन गरिएको सौगात आयल स्टोरका प्रो प्रकाश थापाले बताए । उक्त सम उद्धाटन कार्यक्रममा बिशिष्ट अथितिमा सौगात आयल स्टोरका सलाहाकार गगन रावल र भरत थापा रहेका थिए । कार्यक्रममा बोल्दै बिशिष्ट अथिति तथा सौगात आयल स्टोरका सलाहाकार गगन रावले भने यस स्टोरले विगतको भन्दा केहि सुलभ तरिकाले सेवा प्रदान गर्ने अपेक्षा रहेको बताए ।

त्यस्तै अथितिमा बडिमालिका नगरपालिका १ का वडा अध्यक्ष कृष्ण बहादुर कार्की लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । उक्त सम उद्घाटन कार्यक्रमको सञ्चालन मदन जैशीले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार