काठमाडौं – आज पनि प्रचण्ड र देउवाबीच छलफल हुने भएके छ। सरकार गठन र नेतृत्वबारे सत्ता गठबन्धनका शीर्ष नेताबीच शनिबार पनि छलफल हुने भएको छ। शुक्रबार बसेको बैठक निष्कर्षविहीन भएपछि आज पुनः बैठक बस्न लागेको हो।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरूलाई राखेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शुक्रबार साँझ बालुवाटारमा संवाद गरेका थिए। उक्त छलफलमा माओवादी अध्यक्ष दाहालको दावीअनुसार प्रधानमन्त्री पद छाड्ने संकेत देउवाले गरेका छैनन्।
माओवादी अध्यक्ष दाहालले भने अहिले कांग्रेसकै सरकार भएकाले आफूलाई पालो दिनुपर्ने बताउँदै आएका छन्। देउवाले पार्टी निर्णयभन्दा फरक निर्णय लिन पार्टीमा सल्लाह गर्नुपर्ने बताएका छन्। छलफलका क्रममा देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने पार्टीको निर्णय देखाएका थिए।
यसअघि बिहीबार भएको भेटमा देउवाले पार्टीमा छलफल गर्नुपर्ने बताएपछि दाहाल शुक्रबार फेरि बालुवाटार पुगेका थिए। देउवाले छलफलमा पार्टीका नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेताहरू कृष्ण सिटौला, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी गराएका थिए।
धनगढी उप–महानगरपालिका समन्वय र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा, बाँके सहकार्यमा तपसिलको मिति स्थान र समयमा १ दिने क्यान्सर रोग सम्बन्धी निशुल्क स्वास्थ्य चेकजाँच तथा स्क्रिनिंग शिविर संचालन हुने भएकाले सम्पूर्ण क्यान्सर रोग लागेका तथा क्यान्सर रोगको शंका भएका बिरामीहरुले मौकाको फाइदा उठाउन हुन सुचित गरिन्छ।