शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • राजनीति
  • खुमलटारमा प्रकाशमान: सरकारको पहिलो चरण आफूले पाउनुपर्ने प्रचण्डको जिकिर

खुमलटारमा प्रकाशमान: सरकारको पहिलो चरण आफूले पाउनुपर्ने प्रचण्डको जिकिर

  • शुक्रबार, पुस ८, २०७९
खुमलटारमा प्रकाशमान: सरकारको पहिलो चरण आफूले पाउनुपर्ने प्रचण्डको जिकिर

काठमाडौं  –  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच आज बिहान भेटवार्ता भएको छ । भेटमा नयाँ सरकार गठनबारे छलफल भएको थियो ।

कांग्रेस नेता सिंहले पहिलो चरणको सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने गरी सरकार गठन गर्न प्रचण्डसमक्ष प्रस्ताव राखेका थिए । तर प्रचण्डले भने सुरुमै आफूले नेतृत्व गर्न पाउनु पर्ने अडान दोहो¥याएका थिए ।

‘पहिलो चरणमा कांग्रेसले र दोस्रो चरणमा माओवादीले सरकारको नेतृत्व गरेर जाऔं, पावर सेयरिङका विषयमा सम्मानजनक ढंगले छलफल गरौं भनेर हाम्रो आग्रह थियो,’ प्रकाशमानका सहयोगी यूपी लामिछानेले भने, ‘तर प्रचण्डले अरु छलफल गरौंला नै, तर पहिले माओवादीले सरकारको नेतृत्व गर्न पाउनुपर्छ भन्नुभयो ।’

प्रचण्डलाई भेटेपछि प्रकाशमान सिंह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका थिए । प्रधानमन्त्रीसँगको भेटमा सिंहले प्रचण्डसँग भएको कुराकानीबारे जानकारी गराएका थिए ।

चर्चामा

सम्बन्धित समाचार