मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिमकी पूर्व सांसद फेरि एमाले प्रवेश, ३ दल अदलबदल

सुदूरपश्चिमकी पूर्व सांसद फेरि एमाले प्रवेश, ३ दल अदलबदल

  • बिहिबार, पुस ७, २०७९
सुदूरपश्चिमकी पूर्व सांसद फेरि एमाले प्रवेश, ३ दल अदलबदल

धनगढी – पूर्व सुदूरपश्चिम प्रदेशसभा सदस्य दुर्गा बिक दम्पत्तीले नेकपा (एमाले) प्रवेश गरेका छन्। नेकपा माओवादी केन्द्रबाट पूर्व प्रदेशसभा सदस्य रहेकी बिक र उनका पतिले एकैदिन एमाले प्रवेश गरेका हुन्।

माओवादी अछामका नेतासमेत रहेका उनका श्रीमान रामबहादुर बिक अब एमालेको नेता बनेका छन्। उनीहरुलाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका छन्। २०७४ मा नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी बिक नेकपा विभाजनका बेला प्रदेश सभाकी प्रमुख सचेतक समेत बनेकी थिइन्। त्यसपछि एमाले विभाजनका बेला उनी एकीकृत समाजवादीतिर लागिन्। त्यहाँ उनले एकीकृत समाजवादीको प्रमुख सचेतक भएर काम गरिन्।

त्यसपछि उनी संसदीय चुनावअघि नेकपा माओवादी केन्द्रतर्फ मोडिएकी थिइन्। भदौ ३१ मा उनी खुमलटार पुगेर माओवादीमा प्रवेश भएकी थिइन्। उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका थिए।

उनका श्रीमान रामबहादुर गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादीबाट अछामको पञ्चदेवल नगरपालिकाको मेयरको उम्मेदवार थिए। बिक प्रतिद्धन्द्धी कांग्रेसकी अम्बिका चलाउनेसँग पराजित भएका थिए।

चर्चामा

सम्बन्धित समाचार