• होमपेज
  • बाजुरा बिशेष
  • अनेरास्ववियुद्धारा आज पनि यातायात, शैक्षिक संस्था, बजार र कार्यालय बन्द

अनेरास्ववियुद्धारा आज पनि यातायात, शैक्षिक संस्था, बजार र कार्यालय बन्द

  • मङ्लबार, पुस ५, २०७९
अनेरास्ववियुद्धारा आज पनि यातायात, शैक्षिक संस्था, बजार र कार्यालय बन्द

नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले  यातायात, शैक्षिक संस्था, बजार र सरकारी तथा गैर सरकारी कार्यालय आज पनि बन्द गरेकाे छ ।
अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतनदिप अयडीका हत्यारालाई महिना वित्न लाग्दा समेत प्रहरीले पक्राउ नगरि चरम लापरबाही गरेकाे भन्दै बाजुरामा ४ गते देखी यातायात, शैक्षिक संस्था, सरकारी कार्यालय र बजार बन्द गराएकाे अनेरास्ववियुका लक्ष्मण राेकायाले बताएका छन् ।
चेतन ऐडीको न्यायको लागि ३ गतेबाट बाजुरामा यातायात सेवा अनिश्चितकालको लागि बन्द गरेकाे थियाे । चेतनकाे न्यायकाे पक्षमा गरेकाे याे आन्दोलनलाई सम्पूर्ण बाजुरा वासीहरूले सहयोग गरिदिन अनेरास्ववियु बाजुराले आग्रह गरेकाे छ ।
गएकाे मंसिर ४ गते भएकाे प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दिन साँझ घरमा सुतिरहेका चेतनलाई काँग्रेस कार्यकर्ताहरूले घरभित्रै गएर बीभत्स हत्या गरेकाे भन्दै चेतनका बुवा गगन अयडीले २२ जना विरूद्व जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दिएका छन् ।
यता जिल्ला प्रहरी कार्यालय बाजुराले भने जाहेरीमा नाम उल्लेख भएका २२ मध्ये १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार