शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार रोकाया र घिमिरेलाई

भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार रोकाया र घिमिरेलाई

  • बिहिबार, मंसिर २९, २०७९
भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार रोकाया र घिमिरेलाई

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३ औं वार्षिक साधारणसभा तथा छैटौं महासभामा २ जना आर्थिक पत्रकार पुरस्कृत भएका छन् । विकास न्युजकर्मी सन्तोष रोकाया र शिलापत्रकर्मी सम्झना घिमिरे पुरस्कृत भएका हुन् । उनीहरू जनही ५० हजार रुपैयाँको राशीसहित पुरस्कृत गरेको हो ।

विकासन्युज डटकमका सह–सम्पादक समेत रहेका रोकाया भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् भने घिमिरे भरतमोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी हुन् ।

उक्त पुरस्कारका लागि डेढ दर्जन पत्रकारहरूले आवेदन दिएका थिए । सोमध्ये उत्कृष्ट समाचारलाई छनोट गरेर पुरस्कृत गरिएको पुरस्कार छनोट समितिका श्रीधर खनालले बताए । अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल लगायतले संयुक्त रुपमा उनीहरूलाई प्रमाणपत्रसहित चेक हस्तान्तरण गरेका छन् ।

विकास न्युजकर्मी रोकाया बैंकिङ र सहकारी क्षेत्रलाई मुख्य विधा बनाएर कलम चलाउँदै आएका छन् । रोकायाले पछिल्लो समय सहकारीमा भइरहेको विकृति र सकारात्मक अभ्यासको विषयमा पनि नियमित रुपमा कलम चलाइरहेका छन् ।

नाफिजले भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कार र भरतमोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कार पहिलोपटक घोषणा गरेको थियो । पूर्व अर्थमन्त्री समेत रहेका स्वर्गीय भरतमोहन अधिकारीको स्मृतिमा ‘भरतमोहन अधिकारी स्मृति फाउन्डेसन’ को सहकार्यमा नाफिजले यो पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रममा बोल्दै फाउन्डेसनकी संस्थापक महासचिव लिमा अधिकारीले स्वर्गीय भरतमोहन अधिकारीको सम्झनामा यो फाउन्डेसन स्थापना भएको जानकारी गराउँदै आर्थिक पत्रकारहरूको क्षमता अभिवृद्धिका साथसाथै असल पत्रकारिता अभ्यासमा प्रोत्साहन लागि नाफिजसँग सहकार्य गरेर पुरस्कारको स्थापना गरिएको बताइन् ।

चर्चामा

सम्बन्धित समाचार