शुक्रबार, असार २१, २०८१
  • होमपेज
  • समाज
  • बाजुरा :-आर्थिक अभाबमा आमा छाेरा अलपत्र, महिला व्यबसायीद्धारा उद्धार

बाजुरा :-आर्थिक अभाबमा आमा छाेरा अलपत्र, महिला व्यबसायीद्धारा उद्धार

  • शनिबार, मंसिर २४, २०७९
बाजुरा :-आर्थिक अभाबमा आमा छाेरा अलपत्र, महिला व्यबसायीद्धारा उद्धार

बाजुरा–आर्थिक अभाबमा बाजुरामा आमा र नवजात शिशु अलपत्र अबस्थामा रहेका छन् । हिमाली गाउँपालिका ६ बस्ने २० बर्षकी करिस्मा परिवार र उनको डेढ महिनाको छोरा उपचार अभाबमा अलपत्र अबस्था रहेका छन् ।
आमा र छोरा दुबै कुपोषणको कडा सिकार बनेका छन् । अहिले जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ । पैसा नहुँदा डेढ महिना देखी बिरामी आमा र छोराको उपचार गर्न नसकेको श्रीमान सुरेन्द्र परिवारले बताए भएको छ ।
आर्थिक अबस्था निकै कमजोर भएका सुरेन्द्रका दुबैजना भारतमा डेढ बर्ष पहिला गएका थिए । श्रीमती सुत्केरी नहुनु भन्दा पहिला सुरेन्द्र कहिलेकाँही काम गरेर श्रीमतीको हेरचाह गर्दै आएका थिए । डेढ महिना पहिला श्रीमतीले छोरा जन्माइन् । छोरा जन्माउदा करिस्मालाइ अत्याधिक रक्तस्राब भएको थियो । बच्चा जन्माए देखी करिस्मा कमजोर हुदै गईन् । उनलाइ रक्तअल्पता सँगै मानसिक समस्या बढदै गएको थियो । पैसा नहुदा डेढ महिना देखी श्रीमती र छोराको उपचार गर्न नसकेको वताए ।
आमा कमजोर भएपछि छोराले आमाको दुध खान कनपाउदा कुपोषणको सिकार बन्दै आएको छ । श्रीमति र छोरा दुबै बिरामी भएपछि सुरेन्द्रले भारतमा काम गर्न छोडेर श्रीमती र छोराको हेरचाहमा लागेका थिए । काम गर्न छोडेपछि पैसा नहुदा श्रीमती र छोराका उपचार गर्न नसकेको उनले वताए । श्रीमती र छोराको उपचार त टाढाको बिषय हो, एक बोतल पानि किन्ने पैसा समेत नभएको सुरेन्द्रले वताउनु भयो ।
भारतमा अलपत्र अबस्था भएपछि जेनतेन गरेर बाजुराको सदरमुकाम मार्तडीमा पुगेका थिए । श्रीमती पनि थला परेपछि छोरा पनि चरम कुपोषणमा परेपछि उनलाइ समस्या भएको थियो । स्थानिय व्यबसाहि नर्मदा सिंह लगायतले बिरामी आमा र छोरालाई उद्धार गरेर जिल्ला अस्पताल पुयाएका थिए । उनिहरुको अबस्था निकै दयनिय देख्यौ, बजारमा अलपत्र थिए, आफुहरुले उद्धार गरेर अस्पताल पुयाएको नर्मदा सिंहले वताउनु भयो ।
जिल्ला अस्पताल बाजुराले आमा र छोरा दुबैलाई भर्ना गरेर उपचार शुरु गरेको छ । आमा आफ्नो हेरचाय गर्न नसक्ने अबस्थामा रहेको डा. दिप्रेन्द्र बुढाले वताउनु भयो । छोरा पनि कडा कुपोषित रहेको बुढाले थप्नु भयो ।

चर्चामा

सम्बन्धित समाचार