• होमपेज
  • राजनीति
  • नेकपा समाजवादीले छान्यो प्रदेशका ९ समानुपातिक सांसद

नेकपा समाजवादीले छान्यो प्रदेशका ९ समानुपातिक सांसद

  • शनिबार, मंसिर २४, २०७९
नेकपा समाजवादीले छान्यो प्रदेशका ९ समानुपातिक सांसद

नेकपा एकीकृत समाजवादीले पार्टीमा ल्याएको मत अनुसार ९ जना समानुपातिक प्रदेश सांसद छनोट गरेको छ । शनिबार बसेको सचिवालय बैठकले समानुपातिक सूचीमा सूचीकृत मध्येबाट ९ जनालाई सांसद निर्वाचित गर्न आयोगलाई सिफारिस गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

जसमा प्रदेश १ बाट विद्या चाम्लिङ, मधेस प्रदेशबाट पुरुषमा रत्नेश्वर गोइत, दलितमा इश्वरीदेवी र अल्पसंख्यकमा लक्ष्मीदेवी लोहारलाई छनोट गरेको छ । त्यसैगरी वागमती प्रदेशबाट आदिवासी महिला क्लस्टरबाट ओमकुमारी श्रेष्ठ खस आर्यबाट मायादेवी शर्मालाई छनोट गरेको छ । त्यसैगरी लुम्बिनी प्रदेशबाट खसआर्यबाट भगवती अधिकारी, कर्णाली प्रदेशबाट कल्याणी खड्का र सुदूरपश्चिम प्रदेशबाट माया पन्तलाई छनोट गरेर निर्वाचन आयोगमा बुझाएको छ ।

चर्चामा

सम्बन्धित समाचार