शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचित्र संसार
  • यो हो संसारकै महँगो अंगुर, एउटै दानाको मूल्य ६० हजार

यो हो संसारकै महँगो अंगुर, एउटै दानाको मूल्य ६० हजार

  • शुक्रबार, मंसिर २३, २०७९
यो हो संसारकै महँगो अंगुर, एउटै दानाको मूल्य ६० हजार

बजारमा एक किलो अंगुरको मूल्य अहिले झण्डै साढे ३ सय रुपैयाँ जति पर्ला । एक किलोको जम्मा मूल्यको हिसाबले केबल एउटा दाना अंगुरको मूल्य त नगन्य नै हुन्छ । तर यो दुनियामा एउटा यस्तो अंगुर पनि छ जसको एउटा मात्रै दानाको मूल्य करीब ६० हजार रुपैयाँ पर्दछ ।

यो अंगुर संसारकै महँगो र विशेष हो । निकै दुर्लभ प्रजातिको यो अंगुरको खरीद बिक्री सामान्य बजारमा हुँदैन । यसको त लिलाम बढाबढ हुन्छ । किनकी यो जातको अंगुरको एक झुप्पाको मूल्य नै करीब १५ लाख रुपैयाँ पर्दछ ।

बिजनेस इनसाइडरको एक रिपोर्ट अनुसार यो विशेष अंगुरको नाम रुबी रोमन हो । जापानको इशिकावामा यो अंगुर फलाइन्छ । अरु सामान्य अंगुरको तुलनामा यो अंगुरको गेडा करीब ४ गुणा ठूलो हुनुका साथै निकै रसिलो र गुलियो हुन्छ ।

यो अंगुरको एउटा झुप्पामा २५÷२६ वटा अंगुर हुन्छन् । हालै एक लिलामीका क्रममा यो अंगूरको एउटा झुप्पा १४ लाख रुपैयाँ भन्दा धेरै मूल्यमा बिक्री भएको थियो । गत वर्ष यसको मूल्य करीब १५ लाख रुपैयाँ परेको थियो ।

ष्कजष्पबधबाययम नामक वेबसाइटका अनुसार जापानको इशिकावामा अंगुर किसानहरुले सन् १९९८ मा त्यहाँको एक कृषि अनुसन्धान केन्द्रलाई एउटा रातो रंगको अंगुरको जात विकास गर्न भनेका थिए । त्यसक्रममा ४ सयवटा अंगुरका लहरामा प्रयोग गरियो । दुई वर्षपछि ती लहरामा अंगुरको फल लाग्यो र ४ सयभन्दा केवल ४ वटा लहरामा मात्रै रातो अंगुर फलेको थियो । त्यसमध्ये पनि एउटा प्रकारको अंगुर मात्रै राम्रोसँग पाक्यो । त्यति धेरै अनुसन्धानबाट निस्किएको उक्त विशेष नश्लको खेती अहिले अनुसन्धानकर्ताहरुको टिमले नै गर्दछ । यो अंगुरको रंग, आकार तथा स्वादको विशेष ख्याल गरिन्छ ।

यो अंगुरको लिलामी सन् २००८ बाट सुरु भएको थियो । त्यसबखत ७ सय ग्रामको एक अंगुरको झुप्पा ९ सय १० डलर अर्थात् १ लाख रुपैयाँ भन्दा धेरै रुपैयाँ लिलामी भएको थियो । सन् २०१६ मा २६ वटा दाना भएको यो अंगुरको एउटा झुप्पा साढे १२ लाख रुपैयाँमा लिलामी भयो ।

–एजेन्सी

चर्चामा

सम्बन्धित समाचार