शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • समाज
  • कर्णाली पारिबाट नरेश शाहीको उदय, पार्टी फुटले पुगायो प्रदेश सांसदमा

कर्णाली पारिबाट नरेश शाहीको उदय, पार्टी फुटले पुगायो प्रदेश सांसदमा

  • बुधबार, मंसिर २१, २०७९
कर्णाली पारिबाट नरेश शाहीको उदय, पार्टी फुटले पुगायो प्रदेश सांसदमा

बाजुरा–बाजुरा प्रदेश सभा क बाट निर्वाचित सांसद नरेश शाही नेकपा हुदा युवा संघको महासचिब थिए । २०७८ सालमा नेकपा एमाले विभाजित भयो । एमाले विभाजन पछि उनी एकिकृत समाजवादी पार्टी निकट यूवा संघको केन्द्रिय कमिटी अध्यक्ष भए । हाल शाही एकिकृत समाजवादी पार्टीको केन्द्रिय सदस्य हुन ।
भर्खर सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि शाहीको नाम जिल्ला बाट प्रतिनिधि सभाका लागि नाम सिफारीस भयो । केन्द्रमा सत्तागठबन्धनले चुनावी तालमेल गरेपछि बाजुरा प्रतिनिधि सभा काँग्रेसका भाग परयो । त्यो बेला सम्म शाहीको नाम प्रतिनिधि सभा वा प्रदेश सभामा लड्ने खासै चर्चा थिएन् ।
एकिकृत समाजवादीले प्रदेश क मा हिक्मत बहादुर शाहीको नाम उम्मेदवारका लागि शिफारीस गरेको थियो । बाजुरा प्रदेश कमा कसको भागमा पर्ने भन्ने छलफलका बिचमा एउटा लिष्ट सार्वजनिक भयो । उक्त लिष्टमा नेकपा माओवादी केन्द्रको भागमा परेको थियो ।
माओवादी केन्द्रले कर्ण बहादुर बिश्वकर्मालाई टिकट दियो । उम्मेदवारी मनोनयनको दिनमा प्रदेश सभा क मा कर्ण बहादुर बिक, प्रतिनिधि सभामा बद्रि प्रसाद पाण्डे, प्रदेश सभामा ख मा पदम बहादुर शाहीले गठबन्धन बाट उम्मेदवारी दर्ता गरेको सामाजिक सञ्जाल प्रचारप्रसार शुरु भयो ।
उम्मेदवारी दर्ताको दिनमा एकिकृत समाजवादीका केन्द्रिय सदस्य हिक्मत बहादुर शाहीले स्वतन्त्र उम्मेदवारी दिने चर्चा पनि आयो । एक स्रोतका अनुसार शाहीको उम्मेदवारी हाल्ने तयारी पनि थियो । तर एकैचोटि चार बजेपछि नरेश शाहीलाइ प्रदेश क मा पार्टिले टिकट दिने र उम्मेदवरी दर्ता गर्न लागेको खबर सार्वजनिक भयो । त्यसपछि हिकम्त बहादुर शाही पनि उम्मेदवारी दर्ता बाट पछाडि हटे ।
नरेश शाहीले पार्टि बाट टिकट लिएर ढिलो गरि उम्मेदवारी दर्ता गराए । उम्मेदवारी दर्ता गरेर शाही गठबन्धनको टिकट आफ्नो नाममा पार्न काठमाडौ पुगे । तर केन्द्र बाट गठबन्धनले कुनै निर्णय नलिएपछि शाहीले बाजुरा काँग्रेसलाइ आफ्नो हातमा लिने काम गरे ।
गठबन्धन बाट को आधिकारीता हुने भन्ने बारे कर्ण बहादुर बिक र नरेश बहादुर शाही बिच निकै रक्सारक्सी चलेको थियो । केन्द्र बाट कुनै आधिकारी निर्णय नआउने भएपछि शाहीले बाजुरा काँग्रेसलाइ हात लिन सफल भए ।
प्रदेश क बाट नेतृत्व गरिरहेका काँग्रेस नेताले अघोषित रुपमा नरेश शाहीलाइ सहमति गर्ने निर्णय गरयो । काँग्रेसलाइ बोकेर शाही चुनावी प्रचारप्रसारमा गए । बाजुरामा समाजवादीको संगठन कमजोर थियो । शाहीले काँग्रेसलाइ हातमा नलिए चुनाव जित्ने सम्भाबना थिएन् । जब शाहीले काँग्रेसलाइ हातमा लिए, अर्कोतिर त्यो क्षेत्रका बासिन्दालाइ नरेश शाही प्रति आश र भरोस भएकाले प्रदेश सभामा निर्वाचित भए ।
माओवादीको अलग उम्मेदवार लड्नु, एमाले बाट २०७४ मा निर्वाचित सांसद बल्देब रेग्मि सँग लडनु शाहीका लागि सजिलो थिएन्, । जब उनि जनता माझ चुनावी एजेण्डा लिएर पुगे, त्यसपछि शाहीको पक्षमा निकै माहोल बनेर चुनाव जिते ।
अर्को शाही नेकपा एमाले भित्र रहेको भए अहिले सांसदमा पुग्ने सम्भाबना निकै कम थियो । पार्टि बिभाजनमा उनि समाजवादी भए । त्यसैमा माधब कुमार नेपालको विश्वासिलो पात्र भए । पार्टिले चुनौतिका बिचमा टिकट पाए, जनताको मन जितेर उनि विजय भए ।
शाही बाजुराको दुर्गम स्वामीकार्तिक खापर गाउँपालिका ५ जेरामा जन्मेका थिए । शाही सानै देखिको समाज सेवाको लगावले उनलाई राजनिती तर्फ डो¥यायो । गरिवी, अभाव, समस्यालाई बेवास्ता गर्दै अघि बढेका उनले भविश्यमा म यो पदमा पुग्छु र यस्तो अवसर लिन्छु भनेर लागेनन् ।
शाही अहिले बाजुराका मात्र नभइ देश भरका युवाको एक प्रेरणादायी पात्र हुन । राजनितीलाई ब्यक्तिगत अवसरको रुपमा होइन समाजको सेवा गर्ने अवसरका रुपमा लिनु पर्छ भन्ने मान्यता राख्ने शाही गर्दछन । शाही नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकिकरण हुदा वनेको नेकपा निकट राष्ट्रिय युवा संघको महासचिव हुदै एकिकृत समाजवादी निकट युवा संघको केन्द्रिय अध्यक्ष बनेका छन ।
गाउँमा हुदा एउटा क्लवको अध्यक्ष बनेका नरेश शाही माध्यामिक तहको अध्ययन पुरा गर्दै गर्दा विद्यार्थीको नेता बन्न पुगे । २०५४ सालमा ग्रामिण उत्थान सहकारीको सचिव बनेका उनले २०५६ मा सामाजिक सचेतना सरोकार मन्चको अध्यक्ष बनेका थिए । २०५८ मा मानव संशाधन केन्द्रको अध्यक्ष बनेका शाहीले २०६० सालमा भैरवनाथ मा.विको विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष समेत बन्न पुगे । २०६२ मा उनी मानव अधिकरा एलायन्सको जिल्ला अध्यक्ष समेत भएका थिए ।
विद्यार्थीकाल देखि नै राजनिती प्रति आर्कषित शाहीले २०५१ मा अनेरास्ववियुको सदस्यता लिएका हुन । २०५२ सालमा उनी अनेरास्ववियुको प्रारम्भीक कमिटीको सदस्य समेत भएका थिए । उनको लगाव, कार्यशैली र क्षमताले नै हो उनी २०५३ सालमा अनेरास्ववियुको प्रारम्भीक कमिटीको सचिव निर्वाचित भए । उनको राजनैतिक यात्रा निरन्तर उकालो लाग्यो । २०५४ मा युवा संघको इलाका कोषाध्यक्ष बने । भर्खर जुघाको रेखि बसेका शाही युवा अवस्थामा प्रवेश गर्दै गर्दा उनलाई युवा संघको इलाका कोषाध्यक्ष बन्ने अवसर प्राप्त भयो ।
२०५४ सालमा अनेरास्ववियुको पिपुल्स भोलेन्टीयर जिल्ला कमिटी सदस्य बनेका शाही २०५५ सालमा युवा संघको जिल्ला अध्यक्ष बने । उनी युवा संघको जिल्ला अध्यक्ष बन्दा जम्मा १७ बर्षका थिए । २०६० मा युवा संघ जिल्ला कमिटीको संयोजक बनेका शाही २०६१ मा जिल्ला अध्यक्ष बने । उनी युवा संघको जिल्ला अध्यक्ष बन्दा उनको उमेर २३ बर्ष थियो । २३ बर्षको कलिलो उमेर, कतिपय युवाहरुलाई युवा भनेको के हो भन्न पनि थाहा थिएन ।
उनका आफ्नै वाध्यता पनि हुदा हुन तर ति वाध्यताको कुनै वास्ता नगरी सहज ब्यवस्थापन गर्ने क्षमता उनमा भएको सम्झिन्छन उनका सहयात्री रत्नचन्द्र जोशी । सानै देखिको उनको लगाव र कार्य शैलीले सवै युवा प्रभावित भएको जोशी सम्झीन्छन ।
२०६१ मा युवा संघको अध्यक्ष बनेका शाही २०६२ मा नेकपा एमाले जिल्ला कमिटी सदस्य बने । २०६३ मा उनी युवा संघको केन्द्रिय कमिटी सदस्य निर्वाचित भए । २०६५ मा उनी जिल्ला कमिटी सचिवालय सदस्य बने । २०६६ मा युवा संघको स्थायी कमिटी सदस्य एवं केन्द्रिय कार्यालय सचिव बनेका शाही २०६९ मा युवा संघको केन्द्रिय कमिटी सचिवमा निर्वाचित भए ।
२०७४ मा युवा संघ नेपालको केन्द्रिय महासचिवमा निर्वाचित भएका नरेश शाही युवा संघको महासचिव हुदै गर्दा देश भरका युवाहरुको परिचालन गर्थे । देश दौडाहामा उनी देश घुमे । विदेश घुमे र त्यहाँका कतिपय राम्रा अनुभवहरुलाई लागु गर्नका लागि विभिन्न प्रयत्न समेत गर्ने गर्दछन । सादा जीवन शैली सरल स्वभावका कारण उनलाई युवाहरुले बढी रुचाउन्छन ।

२०७८ सालमा नेकपा एमाले विभाजित भयो । एमाले विभाजन पछि उनी एकिकृत समाजवादी पार्टी निकट यूवा संघको अहिले केन्द्रिय कमिटी अध्यक्ष हुन भने एकिकृत समाजवादी पार्टीको केन्द्रिय सदस्य समेत हुन ।
त्यस्तै बाजुरा प्रदेश (क) का नेकपा एकिकृत समाजवादीको तर्फबाट उम्मेदवार बनेका नरेश शाहीले १० हजार ९ सय ७३ मत ल्याएर बिजयी भएका हुन । उनका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार बल्देव रेग्मीले ८ हजार ६ सय ३२ मत प्राप्त गरी पराजित भएका छन । त्यसै गरी बाम लोकतान्त्रीक गठबन्धनबाट मित्रवत प्रतिस्प्रधामा रहेका नेकपा माओबादी केन्द्रका उम्मेदवार कर्ण बहादुर विक (केशव) ले १ हजार ९८ मत प्राप्त गरेका छन । राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका शाहीलाई काँग्रेसले सर्मथन गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार