शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री देउवाले चुनावमा कति खर्च गरे ?

प्रधानमन्त्री देउवाले चुनावमा कति खर्च गरे ?

  • मङ्लबार, मंसिर २०, २०७९
प्रधानमन्त्री देउवाले चुनावमा कति खर्च गरे ?

डडेल्धुरा – डडेल्धुराका उम्मेदवारहरुले मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा भएको खर्च विवरण बुझाएका छन्। प्रत्यक्ष तर्फका २० मध्ये १४ जनाले खर्च विवरण बुझाएका हुन्।

नेपाली कांग्रेसका उम्मेदवार तथा प्रधानमन्त्री शेरबहादुर देउवाले २ लाख ३० हजार मञ्च व्यवस्थापन तथा अन्यमा ७ लाख १५ हजार ५ सय निर्वाचनमा खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका हुन्।

यस्तै प्रतिनिधि सभातर्फ नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले १३ लाख ८ हजार, स्वतन्त्र उम्मेदवार कर्णबहादुर रावलले १ लाख १६ हजार, स्वतन्त्र उम्मेदवार विक्रमबहादुर शाहीले २ लाख २ हजार एक सय ९०, राप्रपाका उम्मेदवार गोविन्द खडायतले ४ लाख ४० हजार खर्च विबरण बुझाएका छन्। यस्तै, दुई प्रदेश निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रदेशसभा तर्फका ८ जना उम्मेदवारले पनि निर्वाचनमा भएको खर्चको विवरण बुझाएका छन्।

हरेक राजनीतिक दलबाट बन्द सूचीमा रहेका समानुपातिक उम्मेदवारमध्ये राप्रपा उम्मेदवार सरिता रैसालले मात्र २ लाख ४० हजार निर्वाचन खर्च भएको विवरण कार्यालयमा बुझाउनुभएको छ।

चर्चामा

सम्बन्धित समाचार