बाजुरा– बाजुरामा संघ र प्रदेशको मतगणना पुन सुचारु भएको थियो । प्रतिनिधि सभाको बिहान बाट रोकिएको थियो । प्रदेश सभाको दिउँसो बाट गणना स्थगित भएको थियो । दुबै मतगणना सुचारु भएको मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले जनाएको छ ।
राजनितिक दल सँगको सहकार्यमा रोकिएको मतगणना सुचारु भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । हिमाली गाउँपालिका ६ धिममा भने मुचुल्का भन्दा ३० मत बढी आएपछि विवाद भएको थियो । नेकपा एमालेले बिरोध जनाएको थियो ।
प्रदेश सभा ख प्रदेशको मतगणनामा बुढिगंगा ३ को मतदान केन्द्रमा मुचुल्कामा ३ सय ५० रहेको थियो, तर यहाँ कर्मचारीले कम्पुटरमा इन्ट्रि गर्दा २ सय ५० भएको पाइएपछि विवाद भएको थियो । सहमति पछि पुन मतगणना शुरु गरिएको हो ।