मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • हिमाली ६ मा मुचुल्का गरिएको भन्दा ४० भोट बढी भेटिँदा एमालेद्धारा बिराेध

हिमाली ६ मा मुचुल्का गरिएको भन्दा ४० भोट बढी भेटिँदा एमालेद्धारा बिराेध

  • शुक्रबार, मंसिर १६, २०७९
हिमाली ६ मा मुचुल्का गरिएको भन्दा ४० भोट बढी भेटिँदा एमालेद्धारा बिराेध

हिमाली गाउँपालिका ६ मा (क) र (ख) गरि कुल मतदाता १७२६ मतदाता रहेका छन् । ती मध्ये मुचुल्कामा १४५० मत खसेको उल्लेख गरिएको छ । गणना स्थलमा भने ४० भोट भेटिएको छ । हिमाली गाउँपालिका नेपाली काँग्रेसका उम्मेदवार बद्री पाण्डेको गृह पालिका हो । साेही क्रममा नेकपा एमालेले बिराेध गरेकाे छ यसकाे समाधान नभए सम्म नेकपा एमालेले मतगणना अगाडी नबढाउने भन्दै पत्रकार सम्मेलन मार्फत जानकारी दिएकाे छ ।

नेकपा एमालेले १६ बुथ कब्जा गरिएका भनिएका मध्ये हिमाली ६ पनि हो । जहाँ उम्मेदवार पाण्डे नेतृत्वको टोली आएर बुथ कब्जा गरिएको र मतदान गर्ने समय सकिएपछि कोठामा लिएर ६ सय बढी मत खसाइएको आरोप नेकपा एमालेले लगाउँदै आएको छ ।

मतदान अधिकृत लगायतका कर्मचारी, सुरक्षा निकाय सबैलाई प्रभावमा राखेर एकलौटी कब्जा शैलीमा मतदान गरेपछि शिलबन्दी गर्दा संख्या एकीन नभएको हुन सक्ने आरोप एमालेको छ । बद्मासी गरिएको कुरा प्रष्ट खुलिसकेकोले मतगणना छानवीन पछि मात्रै सुरु गरिनु पर्ने नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले बताएका छन् ।

अहिले प्रतिनिधी सभाको मतगणना स्थगीत छ । हालसम्म बडीमालिका नगरपालिका १ को (क) बुथ बाहेक सबै वडाको मतगणना भइसकेको छ । भने हिमाली गाउँपालिका ५ र ७ बाहेकको मत गणना गरिएको छ । ती मध्ये हिमाली ६ को मत गणनाका विवाद देखिएको छ ।

हालसम्मको नजिता हेर्दा बद्री पाण्डेले ५३९९ मत ल्याएका छन् । भने कर्ण बहादुर थापाले ४१३० मत ल्याएका छन् । पाण्डेले १२६९ मतको अग्रता छ । हिमाली काँग्रेस र बडीमालिका नेकपा एमालेले जितेको पालिका हो ।

चर्चामा

सम्बन्धित समाचार