शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • मतपरिणाम नआउदा सम्म सदरमुकाम मार्तडीमा मदिरा बन्द

मतपरिणाम नआउदा सम्म सदरमुकाम मार्तडीमा मदिरा बन्द

  • बिहिबार, मंसिर १५, २०७९
मतपरिणाम नआउदा सम्म सदरमुकाम मार्तडीमा मदिरा बन्द

टेक बहादुर बुढा ,बाजुरा  – बाजुराको सदरमुकाम मार्तडीमा मतपरिणाम नआउदा सम्म मदिरा बिक्रि वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यलय बाजुराले मत परिमाण सार्वजनिक नभएसम्मका लागी मदिरा ओसार पोसार, बिक्री वितरण तथा सेवनमा रोक लगाईएको छ ।
प्रशासन कार्यलय बाजुराले विहिबार एक सुचना जारी गर्दै मतपरिमाण नआएसम्मका लागी मदिरा निषेध गरेको हो । सदरमुकाम मार्तडीको बडिमालिका नगरपालिका ८ र ९ क्षेत्रमा पर्ने मार्तडी बजार र आसपासका क्षेत्रमा मदिरा निषेध गरिएको प्रमख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले बताएका छन ।
मदिरा बिक्रि बितरण गरेको कार्य गरेको पाईएमा प्रचलित कानुन बमोजिम कार्वाही गर्ने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । जिल्लामा बिहिबार बाट प्रतिनिधि सभा तथा प्रदेस सभा सदस्य निर्वाचनको मत गणना सुरु गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार