शनिबार, बैशाख ८, २०८१

अलबिदा चेतन…………….!

  • सोमवार, मंसिर १२, २०७९
अलबिदा चेतन…………….!

बाजुरा–बाजुराको त्रिबेणी नगरपालिका ७ बस्ने अनेरास्ववियुका केन्द्रिय सदस्य ३३ बर्षका चेतन अयडी सदाका लागि अस्ताएका छन् । सामान्य स्वभाब तथा बौद्धिक ब्यक्ति चेतन अनेरास्ववियु केन्द्रिय कमिटि सचिवालय सदस्य हुन् । बिद्यार्थीका हकहितमा लडने चेतन प्रतिपक्ष सम्म पनि धेरै दुश्मनी नभएकामा पर्छन् ।
श्रीमती र एउटा छोरा रहेका चेतनलाइ ३३ बर्षको केहि गरौ भन्ने बेला नै हत्या भएकाे छ। पार्टि संगठन भित्र निकै कटिबद्ध चेतन राजनितिकमा लागेर नै उनको हत्या भएको छ । राजनितिक प्रतिसोधका कारणले मंसिर ४ गते भएको संघ र प्रदेशका चुनावकै कारण उनले अकालमै ज्यान गुमाउनु परेको छ ।
चेतन शुदुरपश्चिम बिश्वबिद्यालय अनेरास्ववीयु संगठन कमिटि अध्यक्ष समेत हुन् । बाजुरा क्याम्पसको स्वीयु सभापति समेत भइसकेका हुन् । उनको शव यात्रामा नरुने कमै भेटिन्थे । अन्याय र अत्याचारको अग्रमोर्चामा रहेर काम गर्ने चेतनका अभाब सधै खट्किने एमाले नेताहरु बताउने गरेका छन् ।
नेकपा एमाले बाजुराले चेतनको शव श्रद्धाञ्जलीका लागि बाजुराको सदरमुकाम मार्तडीमा रहेको खुलामञ्चमा राखिएको थियो । श्रद्धाञ्जलीमा सहभागि सबै भाबुक थिए, सबैका आखाँ आशु बर्षिएका थिए । सबै भन्थे चेतनको हत्यारा पत्ता लगाइ दोषि माथि कडा भन्दा कडा कार्यवाही होस ।
। चेतनका आफन्तले हत्यामा संलग्न भएको भन्दै २२ जना बिरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा किटानी जाहेरी दर्ता गराएका छन् । २२ जना मध्ये २ जनालाई प्रहरीले प्रक्राउ गरि अनुसन्धान शुरु गरेको छ । चेतनका गगनले भने घटनाका मुख्य योजनाकार प्रक्राउ नपर्दा सम्म शव नबुझ्ने वताइरहेका थिए ।
नेकपा एमाले बाजुराले पनि चेतनको हत्यारालाइ प्रक्राउ गरि दोषि माथि कार्यवाहिको माग गर्दै मंसिर ५ गते देखी बाजुरामा आन्दोलन गरिरहेको छ । मंसिर ४ गते त्रिवेणी ७ मा नाटेश्वरी आधारभुत बिद्यालयमा मतदानको बिबादलाई चेतनको घरमा पुगेर साँझ कुट्पिट गरेर हत्या गरेका थिए ।
अयडि घर भित्र रहेको बेला घर भित्र बाट तानेर उनलाइृ निर्घात कुटपिट गरेको थियो । अयडिलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगेका थिए । अस्पताल पुगाउने बित्तिकै अयडिको चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए । बयलपाटा अस्पताल बाट पोष्टमार्टम गर्नका लागि चेतनको शव अस्पताल बाजुरामा ल्याइएको थियो ।
एमाले स्थायी कमिटि सदस्य कर्ण बहादुर थापाले चेतनको हत्यारा प्रक्राउ नगर्दा सम्म चरणबद्ध आन्दोलन गर्ने वताएका छन् । शवको अन्ति दासंस्कार गरिसकेका छौ, तर हत्यारा प्रक्राउ नपर्दा सम्म शान्तिपुर्ण आन्दोलन चलिरहेन थापाले वताएका छन् ।
त्रिबेणी ७ मा दिउसो मतदानको समयमा नेपाली काँग्रेसका कार्यकर्ताले बुद कब्जा गर्न खोजेपछी सुरक्षाकर्मीले गोली चलाउदा त्रिवेणी ७ बस्ने सञ्जिब अयडिको मृत्यु भएको थियो । सञ्जिबको मृत्यु भए पश्चात बिबादले चर्को रुप लिएको थियो ।सञ्जिब अयडिको मृत्युपछि काँग्रेस कार्यकर्ताले घरघरमा गएर अनेरास्वीयुका केन्द्रिय सदस्य चेतन अयडि लगायत एमाले कार्यकर्ता माथि कुटपिट गरेको थियो ।
सुरक्षाकर्मीको गोलि लागेर मृत्यु भएका सञ्जिब अयडिको भने शुक्रवार आफन्तले शव बुझेर दासंस्कार गरिसकेका छन् । जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार मृत्यु भएका दुबै जनाको क्षतिपुर्तिका लागि गृहमन्त्रालयमा लेखेर पठाएको छ । दुइजनाको मृत्युपछि अहिले बाजुरा निकै अशान्त भएको छ । बाजुरामा मतगणना पनि अनिश्चित जस्तै भएको छ । मंसिर ४ गते २८ मत खसेपछि विवाद भएको बुढिनन्दा ५ मा शनिवार चुनाव भएको छ ।

चर्चामा

सम्बन्धित समाचार