महिंला हिंशा बिरूध्दको शुन्दर संसार बनाऊं,
खुसिले भरिएको एउटा नौलो व्यवहार बनाऊं।
आधा आकास र आधा धर्ती हामी श्रृष्टीकर्ता,
फूलले भरिभराव हामीले ज्युंने आधार बनाऊं।
छोरा भन्दा छोरी कम हुंदैनन् समाजभित्र उनी,
संसार सिंगार्ने महिंला र पुरूस औजार बनाऊं।
आउ हामी पनि संसारलाई सिकाउंने कामगरौं,
महिंला र पुरूष बराबरी भएकै सरकार बनाऊं।
छोरा छोरी बराबरी हुंन भने बिभेद नगरौं कत्ती,
दिनौं संसारमै पुग्ने प्रगतिसिल समाचार बनाऊं।