शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • राजनीति
  • समानुपातिकतर्फ माओवादीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लियो रास्वपा

समानुपातिकतर्फ माओवादीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लियो रास्वपा

  • सोमवार, मंसिर १२, २०७९
समानुपातिकतर्फ माओवादीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लियो रास्वपा

प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले सबैभन्दा बढी मत पाएर पहिलो स्थानमा छ। आइतबार राति १० बजेसम्म एमालेले २४ लाख ७९ हजार ९०० मत पाएको छ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले २३ लाख ५७ हजार ८१७ मत पाएको छ। तेस्रोमा उक्लिएको स्वतन्त्र पार्टीको १० लाख ४९ हजार २८३ मत रहेको छ।

यस्तै माओवादीलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी पुनः तेस्रो स्थानमा उक्लेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ४८ हजार ९०३ मत सहित तेस्रो स्थानमा छ भने माओवादी केन्द्र १० लाख ३७ हजार २२७ मतसहित चौथो स्थानमा छ । माओवादी केन्द्रभन्दा स्वतन्त्र पार्टी ११ हजार ४४० मतले अघि लागेको हो।

पाँचौमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ३७ हजार ८७६ मत पाएको छ। जनता समाजवादी पार्टी ३ लाख ९ हजार ५८९ मतसहित छैटौँ स्थानमा छ।

चर्चामा

सम्बन्धित समाचार