शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • सह-सचिबको नेतृत्वमा निर्वाचन आयोगको टोलि बाजुरामा

सह-सचिबको नेतृत्वमा निर्वाचन आयोगको टोलि बाजुरामा

एमालेले ८ र काँग्रेसले १६ मतदानकेन्द्र कब्जा भएको आरोप

  • शुक्रबार, मंसिर ९, २०७९
सह-सचिबको नेतृत्वमा निर्वाचन आयोगको टोलि बाजुरामा

बाजुरा–निर्वाचन आयोगको टोलि बाजुरा पुगेको छ । आयोगका सहसचिब तुलक्षि श्रेष्ठको नेतृत्वमा तिन सदस्यि टोलि बाजुरा आएको निर्वाचन कार्यलय बाजुराका प्रमुख नवराज अबस्थिले वताएका छन् ।
नेपाली सेनाको हेलिकप्टर मार्फत शुक्रवार बाजुराको सदरमुकाम मार्तडीमा टोलि पुुगेको छ । मंसिर ४ गते भएको चुनावमा एमाले र काँग्रेसले केही बुथ कब्जा भएर एकलौटि मतदान गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुरामा निवेदन दिएको थियो । नेकपा एमालेले १६ बुथमा काँग्रेसले एक्लौटि गरेको बुथ कब्जा गरेको आरोप छ । त्यस्तै नेपाली काँग्रेस बाजुराले ८ वटा बुथमा एमालेले कब्जा गरेर एमालेले फर्जि मत खसाएको आरोप छ ।
एमाले, काँग्रसले मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुरामा निवेदनका आधारमा निर्वाचन आयोगलाइ जानकारी गराएको थियो । आयोगलाइ जानकारी पछि निर्वाचन आयोगको टोलि स्थलगत छानबिनका लागि बाजुरा पुगेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बडिमालिका खबरलाइ बताएका छन् । आयोगको टोलिले बाजुरामा राजनितिक दल, कर्मचारी लगायत सँग छलफल गर्ने भएको छ । गत स्थानिय चुनावमा बुढिगंगा नगरपालिका फर्सि खसाएको बुथ कब्जा भएको भन्दै निर्वाचन आयोगको टोलि बाजुरा पुगेर छानबिन भएको थियो । निर्वाचन आयोगले दोस्रो पटक चुनाव गराएको थियो ।

चर्चामा

सम्बन्धित समाचार