बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • बैतडीमा घरको छतबाट खसेर एक जनाको मृत्यु

बैतडीमा घरको छतबाट खसेर एक जनाको मृत्यु

  • बिहिबार, मंसिर ८, २०७९
बैतडीमा घरको छतबाट खसेर एक जनाको मृत्यु

धनगढी – बैतडीमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको डिलासैनी गाउँपालिका ३ गिरीबगड बस्ने ४९ वर्षीय धनी लुहारको घरको छतबाट लडेर बुधबार राति मृत्यु भएको हो।

डिलासैनी गाउँपालिका ३ बगडी आफ्नो बहिनी धनमती लुहारको घरको छतबाट लडेर गम्भीर घाइते भएका उनको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

चर्चामा

सम्बन्धित समाचार