शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बिद्यालय बन्द हुँदा बिद्यार्थीको पढाई प्रभावित

बिद्यालय बन्द हुँदा बिद्यार्थीको पढाई प्रभावित

  • बिहिबार, मंसिर ८, २०७९
बिद्यालय बन्द हुँदा बिद्यार्थीको पढाई प्रभावित

 टेक बहादुर बुढा /बाजुरा – बाजुरामा ४ दिन देखी बिद्यालय बन्द हुदा बिद्यार्थीको पढाई प्रभावित भएको छ ।

अनेरास्ववियू बाजुराले अनेरास्ववियूका नेता चेतन अयडीको हत्यामा संलग्नलाई पक्रउ गर्न माग सहित बन्दा हुदा बिद्यालय समेत प्रभाबित भएका छन । बन्दाको आज चौथो दिन पनि बजार उद्योग तथा लामो तथा छोटो दुरीका यातायातका साधानहरु ठप्प बनेको छ । गत मंसिर ४ गते देखि अहिले सम्म ठप्प हुदा बाजुरा चौतर्फी सुनुसान बनेको छ । नेकपा एमाले निकट अनेरनस्ववियू बाजुराले जिल्लामा अनेरास्ववियू केन्द्रीय सदस्य चेतन अयडीको हत्याको बिषयलाई लिएर चार दिन बितिसक्दा समेत कुनै निषर्कस निस्केको छैन ।केन्द्रीय सदस्य अयडीको हत्यारालाई कानुनी दायरामा नल्याउन्जेल सम्म आन्दोलन जारी राख्ने अनेरास्ववियूले जनाएको छ ।

जिल्लाका मुख्य बजार मार्तडी ,कोल्टी , फालासैन, बाम्का, बेतालमाण्डौ बजार बन्द हुदा नागरिकहरुलाई समस्या भएको छ । बाजुरा बन्दको प्रभाव यातायत, बिद्यालयका साथै सरकारी तथा गैरसरकारी कार्यालय, व्यापार व्यावसायमा समेत परेको छ । यसरी चार दिन देखि चौतर्फी बन्द हुदा शैक्षिक सस्थाहरुमा नराम्रो संग असर पारेको भन्दै विद्यार्थीहरुले गुनासो गरेका छन । अहिले जिल्लाको सदरमुकाम समेत रहेको मार्तडीका सम्पूणर् सामुदायिक तथा निजि बिद्यालयहरु बन्द रहेका छन । यति मात्र होईन बिद्यालयमा सुरक्षाकर्मी समेत राखिएका छन ।

सदरमुकाममा रहेको मालिका माध्यामिक बिद्यालयमा कक्षा ११ का बिद्यार्थीहरुले करिब दुई साता मात्र पढ्न पाएका छन । शैक्षिक सत्रको नजिक पुगिसक्दा समेत बिद्यालयमा पढाई नहुदा बिद्यार्थीको पढाईमा प्रभाव पार्ने देखिएको छ । चुनावको अघिल्लो दिन देखी बिदा भन्दै बन्द भएका बिद्यालयहरु अहिले सम्म पनि सञ्चालन नहँुदा बालबालिकाहरुको पढाईमा प्रभाव परेको अभिभावकहरुले चिन्ता व्यक्त गरेका छन । जिल्लामा पछिल्लो केहि दिनहरुमा अराजनितिक तथा अमानविय क्रियापलाप बढ्दै गएका छन ।

सदरमुकामका सडकहरुमा टायर बाल्ने, नाराबाजी गर्ने जस्ता क्रियाकलाप हुदै आएका छन । जिल्लामा अमानविय क्रियाकलाप बढ्दै जादा  जिल्लाको सदरमुकाम लगायतका बजारहरु तनावग्रस्त बनेका छन ।

चर्चामा

सम्बन्धित समाचार