आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • राजनीति
  • कैलाली-४ मा भट्टलाई पछि पार्दै बलायरले लिए अग्रता

कैलाली-४ मा भट्टलाई पछि पार्दै बलायरले लिए अग्रता

  • बुधबार, मंसिर ७, २०७९
कैलाली-४ मा भट्टलाई पछि पार्दै बलायरले लिए अग्रता

धनगढी – कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायरले अग्रता लिएका छन्। बलायरले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लेखराज भट्टलाई एक हजार ५८५ मतले पछि पारेका हुन्।

३९ हजार ७९६ मत गणना हुँदा बलायरले १६ हजार ३५९ मत प्राप्त गरेका छन् भने भट्टले १४ हजार ७७४ मत प्राप्त गरेका छन्। सुरुवाती गणनामा अग्रता लिएका बलायर बिचमा पछि परेका थिए। पछिल्लो गणनाको नतिजामा उनले फेरि अग्रता लिई मतान्तर बढाउँदै लगेका छन्।

चर्चामा

सम्बन्धित समाचार