आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • राजनीति
  • कैलाली-१ मा नागरिक उन्मुक्तिकी श्रेष्ठको अग्रता, राम जनम दोस्रो स्थानमा

कैलाली-१ मा नागरिक उन्मुक्तिकी श्रेष्ठको अग्रता, राम जनम दोस्रो स्थानमा

  • सोमवार, मंसिर ५, २०७९
कैलाली-१ मा नागरिक उन्मुक्तिकी श्रेष्ठको अग्रता, राम जनम दोस्रो स्थानमा

कैलाली – काठमाडौं क्षेत्र नं. १ को प्रारम्भि मतगणनामा नागरिक उन्मुक्ति पार्टी अगाडि देखिएको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा छ ।

नागरिक उन्मुक्ति पार्टीकी उम्‍मेदवार रञ्जिता श्रेष्ठ चौधरीले १०९ मतले अग्रता बढाएकी हुन् ।

श्रेष्ठले २ हजार ६९ मत पाउँदा सत्ता गठबन्धनकाउम्‍मेदवार राम जनम चौधरीले १६० मत ल्‍याएका छन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार तपेन्द्रबहादुर रावलले ८४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्‍मेदवार लोकेन्द्र कुँवरले २६ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार टंकप्रसाद जैशी (ढुंगाना)ले ११ मत पाएका छन् ।

कैलाली- १ को मतगणना इलाका प्रशासन कार्यालय टीकापुरको भवनमा मत गणना भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार