शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश २
  • हामीलाई उपेक्षा गरेर अगाडि बढ्न गाह्रो हुन्छ : रवि लामिछाने

हामीलाई उपेक्षा गरेर अगाडि बढ्न गाह्रो हुन्छ : रवि लामिछाने

  • सोमवार, मंसिर ५, २०७९
हामीलाई उपेक्षा गरेर अगाडि बढ्न गाह्रो हुन्छ : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा आफूहरुलाई उपेक्षा गरेर अगाडि बढ्न अरु दलहरुलाई कठिन हुने बताएका छन् ।

सोमबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूहरुलाई साथमा नलिई अगाडि बढ्न कठिन हुने बताएका हुन् ।

‘हामी धेरै महत्वपूर्ण अवस्थामा रहन्छौं, हामीलाई उपेक्षा गरेर, हामीलाई साथ नलिएर अगाडि बढ्न गाह्रो हुन्छ होला, हामी त्यो साइजमा रहन्छौं होला’ उनले भने ।

मतगणनाको प्रारम्भिक अवस्थामा आएका रिपोर्ट राम्रो भए पनि यसैलाई आधार मानेर अहिले नै कुनै टिप्पणी गर्नु हतार हुने लामिछानेले बताए ।

निर्वाचन नजितीकन जितेपछि के गर्ने भन्ने कुरा गर्नु उचित नहुने उनको भनाइ छ । कुन मन्त्रालय माग्नुहुन्छ भन्ने पत्रकारको जिज्ञासामा रविले भने, ‘म त्यो फेजमा पुगिसकेको छैन ।’

चर्चामा

सम्बन्धित समाचार