• होमपेज
  • राजनीति
  • देशभरका १५ केन्द्रमा मतदान स्थगित

देशभरका १५ केन्द्रमा मतदान स्थगित

  • आइतवार, मंसिर ४, २०७९
देशभरका १५ केन्द्रमा मतदान स्थगित

काठमाडौं  – आइतबार भएको निर्वाचनमा दिउँसो साढे ३ बजेसम्म १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

निर्वाचन आयोगका अनुसार चुनाव रोकिएका १५ मतदान केन्द्रमा मतदान सुरु गर्न प्रयास भइरहेको छ । अन्य केन्द्रमा भने शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगले एक सूचनामार्फत जानकारी दिएको छ ।

राजनीतिक दलका प्रतिनिधिहरुबीच विवाद, मतपत्र प्रयोगमा विवाद लगायतका कारणले मतदान स्थगित भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार