शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • निर्वाचनका लागी गाउँ फर्किनेहरु बढेसँगै मार्तडी बजार सुनसान

निर्वाचनका लागी गाउँ फर्किनेहरु बढेसँगै मार्तडी बजार सुनसान

  • शनिबार, मंसिर ३, २०७९
निर्वाचनका लागी गाउँ फर्किनेहरु बढेसँगै मार्तडी बजार  सुनसान

टेक बहादुर बुढा,बाजुरा – मंसिर ४(भोलि) हुन गहिरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा मतदान गर्नका लागी सदरमुकाम मार्तडीबाट गाउँ फर्कनेहरु बढेसँगै मार्तडी बजार सुनसान बनेको छ।

विभिन्न पेसा व्यवसाय तथा अध्ययन गर्न सदरमुकाम बस्दै आएका नागरिकहरु चुनावमा मतदान गर्न आ -आफ्नो गाउँघर र्फिेकन लागेका हुन । जिल्लाका नौ वटै पालिका लगायत अन्य जिल्लाका नागरिकहरु पनि मार्तडीमा बस्दै आएका थिए ।

नागरिकहरु गाउँ तिर फेिकदा मार्तडी बजार सुनसान बनेको छ । यति बेला मार्तडीमा सडकहरु खाली देखिन थालेका छन भने अधिकांश पसल तथा कार्यालयहरु पनि बन्द देखिन्छन । केहि दिन अगाडि नागरिकहरुको घुईचो देखिएको मार्तडी बजार चुनाव नजिकिएकाले सुनसान भएको स्थानिय व्यावसायीहरुले बताएका छन ।

मार्तडी बजारमा अहिले दिनमा खाजा खाने पसल समेत भेटाउन मुस्किल रहेको स्थानिय बिनोद थापाले बताए । अहिले सदरमुकाम मार्तडीबाट र देशका विभिन्न सहर बजार बाट गाउँ फेिकनेहरुको चाप बढेको यातायात व्यवसायीहरुले बताएका छन । चुनाव नजिकिएकाले सहर बजार सुनसान भएको र गाउँतिर चहल पहल बढेको स्थानियहरुले बताएका छन ।
यतबिेला हरेक मतदान स्थलमा मतदान केन्द्रहरू धमाधम नर्मिाण र पूरा गर्ने काम भइरहेको छ । नर्विाचन आयोगले भने नर्विाचन सम्बन्धी सम्पूर्ण तयारीहरु सकसिकेको जनाएको छ । नर्विाचन भोल िबहिान ७ बजेबाट साझा ५ बजेसम्म हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार