• होमपेज
  • समाज
  • उर्लाबारीमा झडप, ३ जना घाइते

उर्लाबारीमा झडप, ३ जना घाइते

  • शनिबार, मंसिर ३, २०७९
उर्लाबारीमा झडप, ३ जना घाइते

मोरङको उर्लाबारीमा रहेको कफी सपमा झडप हुँदा तीन जना घाइते भएका छन् । मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनको मौन अवधिमा उर्लाबारी नगरपालिका- ६ मा रहेको तरल कफी सपमा शुक्रबार बेलुका करिब साढे ६ बजे झडप हुँदा तीन जना घाइते भएका हुन् । घाइते मध्ये एकको अवस्था गम्भीर छ ।

प्रहरीका अनुसार दुई समूहबीच झडप हुँदा गौतम तामाङ, रजत थापा र नितम चौहान घाइते भएका हुन् । तीनै जना उर्लाबारीकै हुन् । तामाङको अवस्था गम्भीर छ । उनलाई उपचारका लागि बिएण्डसी अस्पताल विर्तामोड पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठका अनुसार दुई समूहबीच पुरानै सिईबीका कारण झडप भएको थियो । झडपमा संलग्न उर्लाबारीका कुमार लिम्बू, आशाङ लिम्बु र रजत थापालाई पक्राउ गरेको उनले बताए ।

पुरानो रिसिईबीका कारण दुई समूहबीच कफी सपमा झडप भएको पाइ fightएको उनले बताए । ‘पुरानो सिसिइबीका कारण झडप भएको देखियो,’ उनले भने,’ अनुसन्धान जारी छ ।’

चर्चामा

सम्बन्धित समाचार