सदियौं लुटाए जिन्दगी खेल खेल मा उनी,
बोक्छन झोला बसेकै हुन्छन् रेल मा उनी।
श्रमजिविहरूको सुदिन कहिले फिरेन यहां,
डुब्छन सधै आंसु र पसिनाको भेलमा उनी।
हलो,कोदालो,हंसिया अनि घन गहना जस्तै,
निर्दोश र पौरखी हुंदापनि बसे जेल मा उनी।
हुनसक्दैन आआफ्नै समस्याले पनि एकता,
मुर्झाउंदैगए सदियौं परे र ओझेल मा उनी।
मक्की सकेको दिख्दैनन् छांया हेरेर मख्ख,
मुस्कुराउंन खोजे सधैभरी बर्षे भेलमा उनी।