आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • कला /साहित्य
  • जसरी भयपनि जिताउंनु छ नेताको

जसरी भयपनि जिताउंनु छ नेताको

  • बुधबार, कार्तिक ३०, २०७९
जसरी भयपनि जिताउंनु छ नेताको

आलो पालो मिलिजुली बनौला है गोठालो हामी,
जसरी भयपनि जिताउंनु छ नेताको सालो हामी।

बांटौ धन कस्को केजान्छ जिते स्वर्गमा बास हो,
जनाता उल्लु बने देश खाउंला पालै पालो हामी।

किसान,मज्दुरहरू कराउंछन अनि चुप लाग्छन,
भुट्नैपर्छ बिस्तारै उनैको हलो र कोदालो हामी।

बिदेशबाट बोलाउं मतपत्र लगाएर छाप धमाधम,
चुंड्नदिन हुंदैन कहिल्यपनि भ्रमको जालो हामी।

देश झर्छ ओरालो जनता जान्छन भाड्मा साथी,
लगाई सकेसम्म ज्याक चड्नैपर्छ उकालो हामी।

कसैले भोट हाल्छन कसैले हाल्दैन पनि भन्छन,
जुंवाकै सवाल झर्न कत्ती चाहेनौ ओरालो हामी।

चर्चामा

सम्बन्धित समाचार