• होमपेज
  • समाचार
  • आगामी निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा

आगामी निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा

  • मङ्लबार, कार्तिक २९, २०७९
आगामी निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा

आगामी निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने भएका छन् । सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु भने मंसिर ४ र ५ गते बन्द हुनेछन् ।

गृहमन्त्रालयले आज सूचना जारी गरी विदासम्बन्धी जानकारी दिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु ४ र ५ गते तथा मतदानस्थल रहेका शिक्षण संस्थाहरु २ गतेदेखि ५ गतेसम्म बन्द हुने उल्लेख छ ।

आगामी मंसिर ४ गते देशभर एकैचरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनमा शिक्षक तथा कर्मचारीहरुलाई पनि खटाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार