आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुरामा काँग्रेस र समाजवादीले एक्लो बनायो माओवादीलाइ

बाजुरामा काँग्रेस र समाजवादीले एक्लो बनायो माओवादीलाइ

  • सोमवार, कार्तिक २८, २०७९
बाजुरामा काँग्रेस र समाजवादीले एक्लो बनायो माओवादीलाइ

बाजुरा–देश भरि गठबन्धन भइरहेका बेला बाजुरामा भने गठबन्धन हुन सकेको छैन् । बाजुरामा काँग्रेस र नेकपा एकिकृत समाजवादीले माओवादीले एक्लो बनाएको छ । प्रदेश क मा काँग्रेस र माओवादी एक भएर चुनावी प्रचारप्रसारमा गएको छ ।
प्रदेश क को गबन्धन बाट उम्मेदवार टुङ्गो नलगाएर नेपाली काँग्रेसले एकिकृत समाजवादीको उम्मेदवारलाइ सघाएको हो । तर बाजुरा काँग्रेस उम्मेदवारी दर्तामा कर्ण बहादुर बिकलाई साथ दिएको थियो । तर अहिले चुनावी प्रचारप्रसारमा नरेश बहादुर शाहीलाइ साथ दिएपछि माओवादी एक्लो भएको हो ।
माओवादी एक नेताले बडिमालिका खबरलाई भने हामी अब एक्लै चुनावी मैदानमा जाने बताएको छ । संघमा काँग्रेसलाइ मत हाल्नुपर्छ भन्ने छैन्, हामीले कसलाइ सहयोग गर्ने भन्ने निर्णय हुने वताए । नभए संघमा मतदातालाई स्वबिवेक निर्णय गर्न लगाउने वताए । काँग्रेस, एमाले तथा स्वतन्त्रलाई आफ्नो तरिकाले मत हाल्न सक्ने उनले वताए । माओवादीले काँग्रेसलाई अनिवार्य भोट हाल्नुपर्छ भन्ने बाध्यता नगर्ने उनले वताए ।
नेपालि काँगे्रस बाजुराले उम्मेदवारी दर्ताको दिन बाजुरा प्रदेश क मा गठबन्धन बाट माओवादी केन्द्रका कर्ण बहादुर बिक उम्मेदवार रहेको भन्दै सामाजिक सञ्जालमा तस्बीर सार्वजनिक गरे । कर्ण बहादुर बिकको उम्मेदवारी दर्तामा काँग्रेसले साथ दिए, सार्वजनिक रुपमा भने हाम्रो गठबन्धनको उम्मेदवार प्रदेश क मा कर्ण बिक रहेको वताए ।
उम्मेदवारी दर्ताको अन्तिम समयमा प्रदेश क मा नेकपा एकिकृत समाजवादीका नरेश शाहीले समाजवादी पार्टि बाट उम्मेदवारी दर्ता गराए । शाहीको उम्मेदवारी दर्ता भएको केही दिन सम्म गठबन्धनको उम्मेदवार विक काँग्रेसले भनिरहँदा त्यो धेरै समय टिकेन् ।
उम्मेदवारी दर्तामा कर्ण बिकलाई साथ दिएको काँग्रेस अहिले चुनावी प्रचारप्रसारमा नरेश बहादुर शाहीलाइ सहयोग गरेको छ । शाहीको चुनावी सभामा बाजुरा काँग्रेस सघाइरहेको छ । काँग्रेस बाजुराका सचिब भरत बहादुर रोकायाले बाजुरा काँग्रेसले नरेश शाहीलाई समर्थन गरिसकेको वताए । चारवटा स्थानिय तह तथा प्रदेश क बाट काँग्रेस नेता ताथ कार्यकर्ताले नरेश शाहीलाई उम्मेदवारी अगाडि सार्नुपर्ने दबाफ दिएपछि काँग्रेस बाजुराले नरेश बहादुर शाहीलाइ समर्थन गरेको सचिब रोकायाले थपे ।
केन्द्र बाट भने बाजुराको प्रदेश क मा गठबन्धनको उम्मेदवार कर्ण बहादुर बिक कि नरेश बहादुर शाही भन्नेमा कुनै निर्णय आउन सकेको छैन् । माओवादीका उम्मेदवार कर्ण बहादुर बिकले बडिमालिका खबर सँग भने हामी अहिले माओवादी मात्र प्रचारप्रसारमा रहेको वताए ।
नेकपा माओवादी बाट उम्मेदवार कर्ण बहादुर बिक आफु रहेको दाबि गरिहेका छन्, भने नेकपा एकिकृत समाजवादीका नरेश बहादुर शाहीको आफु रहेको दाबि गरिरहेका छन् । गठबन्धनको पहिलो चरण केन्द्रमा भएको सहमतिको लिष्टमा बाजुरा प्रदेश क माओवादीको भागमा रहेको सार्वजनिक भएको थियो । उम्मेदवारी दर्ताको अन्तिम समयमा समाजवादीका नरेश बहादुर शाहीको नाममा पार्टिले टिकट दिएको थियो । कर्ण बहादुर बिकको नाम भने माओवादीले पहिला नै फिक्स गरिसकेको थियो । नेकपा एमाले बाट भने प्रदेश क बाट बल्देब रेग्मि रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार