• होमपेज
  • बडिमालिका
  • नेपाली सेनाद्धारा बाजुरामा १५ सय बढीलाई बिष्फोटक पदार्थ सम्बन्धी अनुशिक्षण

नेपाली सेनाद्धारा बाजुरामा १५ सय बढीलाई बिष्फोटक पदार्थ सम्बन्धी अनुशिक्षण

  • आइतवार, कार्तिक २७, २०७९
नेपाली सेनाद्धारा बाजुरामा १५ सय बढीलाई बिष्फोटक पदार्थ सम्बन्धी अनुशिक्षण

बाजुरा–नेपाली सेनाद्धारा बाजुरामा बिष्फोटक पदार्थ सम्बन्धि तथा बम डिस्पोजल गर्ने बारे अनुशिक्षण गरेको छ । मंसिर ४ गते हुन गई रहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको दौरान देखिन सक्ने बिष्फोटक पदार्थ तथा बिष्पोटनका घटनाहरुलाई मध्य नजर गरी बिष्पोटक पदार्थ सम्बन्धि तथा बम डिस्पोजल गर्ने बारे जानकारी गराएको नेपाली सेनाले वताएको छ ।
नेपाली सेनाको दुर्गाभञ्जन गुल्मको अगुवाइमा कालीरक्षा गणका इन्जिनियरिङ्गको टोलि मार्फत बिस्फोट जन्य बस्तुहरुबाट सुरक्षित रहन जानकारी गराएको हो । जिल्लामा म्यादी प्रहरी, प्रहरी, शिक्षक, बिद्यार्थी, निर्वाचनका खटिएका कर्मचारी गरि १५ सय बढीलाइ बिष्फोटक पदार्थ बारे जानकारी गराएको उपसेनानि नेहाल चन्दले वताएका छन् । निर्वाचनको दौरान देखिन सक्ने बिष्पोटक पदार्थ सम्बन्धि जानकारी मुलक कक्षा संचालन गरी जानकारी गराएको छ । सेनाले प्रत्येक स्थानिय तहमा गएर जानकारी गराइरहेको छ ।
निर्वाचनको क्रममा वेवारिसे अवस्थामा भेटिएका बमहरुको सहि तवरले सुरक्षित रहनेबारे जानकारी गराएको सेनाले वताएको छ । बिस्फोट पर्दा सम्बन्धि गर्ने ज्ञान र सिप नहुँदा कहिले काँहि दुर्घटना हुने भएकाले पूर्व सचेत गराईएको उपसेनानी चन्दले वताएका छन् । त्यस्तो पदार्थ फेला परेमा सेना तथा प्रहरीलाइ जानकारी गराउनु पहिला आफु सुरक्षित हुनुपर्ने सेनाले वताए ।
बम बिशेष गरी निर्वाचन क्षेत्रलाई केन्द्रीत गरि विद्रोही समूहले राख्ने भएकाले सचेत रहन समेत जानकारी गराइएको हो । चुनावको समयमा सरकारी कार्यालय, सार्वजनिक स्थान पार्टी, पौवा पुल पुलेसा जस्ता ठाउमा बम राखिने सक्ने खतरा हुने सक्ने रहन्छ । चुनावमा खटिदा जतिबेला जसले पनि बम राखि दिने भएकाले सजक रहन सुझाब दिएको हो ।
बाजुरामा मंसिर ४ गते हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि बाजुरामा २ हजार बढी संख्यामा सुरक्षा कर्मी खटिने भएका छन् । जिल्लाका ७० वटा मतदान स्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र अनुसन्धान व्यूरो गरेर २ हजार बढीको संख्यामा सुरक्षा कर्मी परिचालन गर्ने जिल्ला निर्वाचन सुरक्षा समितिले बताएको छ ।
मतदान स्थलमा खटिने सुरक्षा कर्मी मध्ये सबैभन्दा बढी ८ सयको संख्यामा म्यादी प्रहरीलाई परिचालन गरिने छ । भने बाँकी नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीलाई खटाइने छ । सुरक्षा संवेदनशीलता हेरेर बिशेष सुरक्षा टोली पनि मौन अवधी सुरु हुनु पूर्व नै खटाइने सुरक्षा समिति सदस्य जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले बताएका छन् ।
७० वटा निर्वाचन स्थलमा ८ सय ९५ जना कर्मचारी परिचालन गरिने भएको छ । संघ, प्रदेश र स्थानीय तहका स्थायी कर्मचारी र शिक्षकहरुलाई निर्वाचनका लागि खटाइएको छ । बाजुरामा ८३ हजार ५ सय ६७ जना मतदाता छन् । ती मध्ये प्रदेश निर्वाचन क्षेत्र (क) मा २९ हजार ९ सय ४१ र प्रदेश निर्वाचन क्षेत्र (ख) मा ५३ हजार ६ सय २६ जना मतदाता छन् ।

चर्चामा

सम्बन्धित समाचार