• होमपेज
  • समाचार
  • बझाङको सुर्मा गाउँपालिकामा एक जना मृत भेटिए

बझाङको सुर्मा गाउँपालिकामा एक जना मृत भेटिए

  • आइतवार, कार्तिक २७, २०७९
बझाङको सुर्मा गाउँपालिकामा एक जना मृत भेटिए

 अर्थ जङ शाही/ बझाङ — बझाङमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको सुर्मा गाउँपालिका वडा नम्बर २ घोगाणा घर भएका ४५ वर्षका विक्रम बोहरा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बुधबार साँझ गाउँतिर घुम्न जाने भनेर घरबाट हिँडेका बोहरा अबेरसम्म घरमा नपुगेपछि उनका आफन्तले खोजी गर्दा बिहीबार सोही ठाउँको मेडिखान भन्ने स्थानमा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेश दत्त अवस्थीले बताउनुभयो ।

शवलाई पोष्टमाटम गरेर दाहसंस्कारको लागि आफन्तले लगिसकेको बताउँदै घटनाबारे अनुसन्धान भइरहेको समेत सूचना अधिकारी अवस्थीको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार