आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • राजनीति
  • प्रेम आलेले डोटेली र नेपालको अन्तर्राष्ट्रिय बेइज्जत गरेः ओली

प्रेम आलेले डोटेली र नेपालको अन्तर्राष्ट्रिय बेइज्जत गरेः ओली

  • शनिबार, कार्तिक २६, २०७९
प्रेम आलेले डोटेली र नेपालको अन्तर्राष्ट्रिय बेइज्जत गरेः ओली

धनगढी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा आफूले टिकट दिएर जिताएको व्यक्ति प्रेम आलेले डोटीको मात्र नभएर देशकै बेइज्जत गरेको बताएका छन्। डोटीको चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले अब कुनै गल्ती नगर्न डोटेली कांग्रेसलाई आह्वान गरेका छन्।

चुनावी आमसभलाई सम्बोधन गर्न डोटीको सदरमुकाम दीपायलमा पुगेका ओलीले कांग्रेसका नेतालाई कैलाली झारेर अश्लील बोल्ने तथा पार्टी तथा जनताको विश्वासमाथि घात गर्ने व्यक्तिलाई उम्मेदवार बनाएकाले यसपटक डोटेलीले विचार पु¥याउन आग्रह गरेका हुन्।

ओलीले भने– ‘मैले सही गरेर उम्मेदवारी दिएको व्यक्तिले डोटीको मात्रै बेइज्जत होइन सिङ्गै डोट्याली भाषा,सभ्यता र संस्कृतिको बेइज्जत गरे। सिङ्गै नेपाली जातिको अन्तर्राष्ट्रियस्तरमा बेइज्जत गरे। मन्त्रीको भाषा हेर्नुभयो ? यस्तो मान्छे यसपटक फेरि खपडाहरू जोडेको पार्टीबाट उम्मेदवार बनेको सुनियो। त्यस्ता विश्वासघाती,पार्टीको माया नगर्ने, विकासको मतलब नभएको र सूर्य चिन्हमा तपाईँहरूले दिएको मत बेच्नेलाई जमानत जफत गराउनुस्।’

ओलीले नेपाली कांग्रेसले चितवनमा मात्र नभएर अब डोटीमा पनि रुखमा भोट हाल्नबाट कार्यकर्तालाई वञ्चित गरेको भन्दै कांग्रेस सुधार्न एमालेलाई मत दिन आग्रह गरे। उनले वीरबहादुर बलायरतर्फ संकेत गर्दै आफ्नो नेतालाई हार्नका लागि कैलालीतिर झारेर अराजक र अश्लील बोल्ने व्यक्तिलाई टिकट दिएको आरोपसमेत लगाए।

अध्यक्ष ओलीले डोटीबाट प्रतिनिधि सभा सदस्यमा सशक्त महिला उम्मेदवार गौरी वलीलाई जिताएर पठाउन आग्रह गरे।
एमालेले आलेविरुद्ध गौरीलाई खडा गरेको छ भने प्रदेशमा चक्र मल्ल र टेकबहादुर बमलाई उम्मेदवार बनाएको छ। जिल्लामा नरेन्द्र खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

चर्चामा

सम्बन्धित समाचार