मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुराको विकासका लागि जब थापाले आफ्नै सरकारका मन्त्रिलाइ रातो किताब बुझाए………

बाजुराको विकासका लागि जब थापाले आफ्नै सरकारका मन्त्रिलाइ रातो किताब बुझाए………

  • शनिबार, कार्तिक २६, २०७९
बाजुराको विकासका लागि जब थापाले आफ्नै सरकारका मन्त्रिलाइ रातो किताब बुझाए………

बाजुरा–नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रदेश ख का उम्मेदवार लाल बहादुर थापाले आफ्नै सरकारका मन्त्रिलाइ रातो किताब बुझाएका थिए । आर्थिक बर्ष ०७६।०७७ मा बाजुराको विकासका लागि बिभेद गरेको बाजुराका आबश्यकताको कुनै पनि योजना नरहेको भन्दै सभामुख मार्फत रातो किताब फिर्ता गरेका थिए ।
प्रतिनिधि सभामा बिशेष समय लिएर थापाले भौतिक पुर्वाधार तथा यातायात मन्त्रि रघुविर महासेठलाइ अनुसानको कार्यवाही साथै पदम मुक्त गर्न अपिल गरेका थिए । आफुलाई बाजुराका जनताले बिजय गराएको हो । मैले बाजुराको विकासका लागि बोल्ने हो । यो बजेटमा बाजुराको विकासमा ध्यान नगएको बिभेद गरेको भन्दै सभामुख मार्फत मन्त्रिलाई रातो किताब फिर्ता गरेका हुन् ।
मानवविकास सुचाङ्कमा पछाडि परेको बाजुरामालाई रातो किताबमा कतै ठाउँ नदिएको राज्य बेखर रहेको भन्दै आफ्नै सरकारका मन्त्रिलाई रातो किताब फिर्ता बुझाए । थापा एमाले बाट निर्वाचित सांसद हुन् । सरकारको नेतृत्व अध्यक्ष ओलीले गरेका थिए । आफ्नै सरकारका बिरोधमा बोलेर रातो किताब फिर्ता गर्न सम्भाबना थिएन्, तर थापाले बाजुरालाइ अपहेलना गरेकाे भन्दै किताब फिर्ता गर्नुले सांसद थापालाई बाजुराको विकासमा चिन्ता भएको नागरिक अगुवा मदनराज जैशीले बडिमालिका खबरलाई बताएका छन् ।
थापाको बाजुरालाई योजनामा प्राथमिकता नदिएको आक्रोश थियो । उनकै पार्टि सत्तामा भएको बेला पनि बाजुराको विकासका लागि सधै लडिरहेका थिए । आफु संघिय संसद हुदा जनताको हितमा लडेको हुदा आफूले मतदाताको मन जित्न सफल भएको दावी गरेका छन् ।
अहिले थापा बाजुरा प्रदेश ख मा एमाले बाट उम्मेदवार छन् । चुनावी प्रचारप्रसारमा घरदैलो अभियानमा रहेका छन् । थापाले घरदैलो अभियानमा भने जसरि संघमा काम गरे त्यो भन्दा राम्रो प्रदेश सांसद हुदा मन बचन देखी बाजुराको विकासमा लाग्ने वताए । उम्मेदवार थापाले विगत ५ वर्षमा आफू नेतृत्वमा भएको भौतिक विकासले मतदाताको मन जितेको जिकिर गरे ।
हरेक गाउँमा आफूले कुनै न कुनै प्रकारको विकास योजना जनतासामु पुरयाएको थापाले वताइरहेका छन् । ५ बर्ष सम्म आफुले जिल्लाका बारेमा गरेका कामको बारेमा केही दिन पहिला प्रतिनिधि सभामा ५ बर्ष भनेर पुस्तक नै सार्वजनिक गरेका थिए ।
२०५४ सालको स्थानीय निकाय निर्वाचनमा जिल्ला विकास समितिको सभापति बनेका थिए । सभापति बन्दा तत्कालिन २७ गाविस मध्ये १६ वटा नेकपा एमालेले जितेको थियो । थापा सबैभन्दा कान्छा जिल्ला सभापति बनेका थिए ।
थापा सभापति हुदा पञ्चवर्षिय योजनाको अवधारणा ल्याएर चर्चा कमाएका थिए । थापा भन्छन्, ५ बर्ष संसदमा मात्र नभइ जिविस सभापति भएको बेला पनि जनताको मन जितेको वताएका छन् ।
जिल्ला विकास समितिको सभापति हुँदा जिल्लाको विकास योजना देखि प्रतिनिधी सभा सदस्य हुँदा जिल्लाका लागि ल्याएका योजनाले थापा हाबी देखिन्छन् । पार्टी भित्रको संगठनमा समेत बलियो पकड राख्ने थापा विपक्ष पार्टीको पनि रोजाइका पात्र हुन् । थापा सँग अहिले गठबन्धन बाट काग्रेसका पदम बहादुर शाही प्रतिश्पिधि रहेका छन् । शाही एमालेका प्रकाश शाह सँग २०७४ सालमा पराजय भएका थिए ।
२०७४ सालको प्रतिनिधी सभाको निर्वाचनमा वाम गठबन्धन हुँदा एमालेका उम्मेदवार लालबहादुर थापाले २८०६५ ल्याएर जितेका थिए । थापा पार्टी भित्र होस् की, बाहिर कुनै पनि चुनावी प्रतिस्पर्धामा हार बेहोरेको अनुभव नभएका नेता हुन्, । नेकपा एमाले केन्द्रीय सदस्य एवं बाजुरा जिल्ला इन्चार्ज थापा आफ्नो जीवनको तेस्रो पटक संसदीय मोर्चाको चुनावी प्रतिस्पर्धामा छन् । २०५४ सालको जिल्ला विकास समितिको सभापतिका लागि वडा सदस्य र २०७४ को प्रतिनिधी सभा निर्वाचनमा थापा सहज विजयी भएका थिए ।पहिलो र दोस्रो चुनावी प्रतिस्पर्धा सहज जित निकालेका थापा यो पटक पनि जित नजिक देखिन्छन् ।

चर्चामा

सम्बन्धित समाचार