मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • राजनीति
  • नरेश शाहीको मुख्य एजेण्डा “गरिबि न्युनिकरण”

नरेश शाहीको मुख्य एजेण्डा “गरिबि न्युनिकरण”

  • शुक्रबार, कार्तिक २५, २०७९
नरेश शाहीको मुख्य एजेण्डा “गरिबि न्युनिकरण”

बाजुरा–बाजुरा प्रदेश क का नेकपा एकिकृत समाजवादीको तर्फबाट उम्मेदवार बनेका नरेश शाही यति बेला घरदैलो अभियानमा ब्यस्त रहेका छन् । गठबन्धन बाट प्रदेश क को उम्मेदवार को हुने भन्ने टुंगो नलागेपनि शाहीको चुनावी प्रचारप्रसार निकै तिब्र रुपमा अघि बढेको छ ।
राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्ष रहेका शाहीलाई काँग्रेसले अघोषित सर्मथन गरेर चुनावी प्रचारप्रसार तिब्र पारिरहेका छन् । प्रदेश क मा रहेका ४ वटा स्थानिय तहका प्रत्येक टोल टोलमा आफ्नो प्रतिबद्धता लिएर पुगेका छन् । चुनावी प्रचारप्रसारका क्रममा उनको मुख्य एजेण्डा गरिबि न्युनिकरण गर्ने रहेको छ । गठबन्धन बाट माओवादी बाट कर्ण बहादुर बिक रहेका छन् । दुबै जनाबिच सहमति तथा केन्द्र बाट उम्मेदवार टुंगो नलागे दुबै जना प्रतिश्पर्धामा जाने देखिएको छ ।
बाजुरा जिल्ला सबैभन्दा गरिबि जिल्ला हो । बाजुराको पनि सबै भन्दा बढी गरिब गाउँपालिका स्वामीकार्तिक गाउँपालिका हो । शाही स्वामीकार्तिक खापर गाउँपालिकामा जन्मेका हुन् । हिमाली, जगन्नाथ गाउँपालिका र बुढिनन्दा नगरपालिका पनि गरिबको अग्रस्थानमा रहेका छन् । शाहीले मतदाता भेटघाटमा क्रममा मतदाता सँग भने अन्य समस्या पनि धेरै छन्, सबै भन्दा मुख्य चुनौती र समस्या गरिबि रहेको वताए । गरिबि न्युनिकरणका लागि रोजगारिको सिर्जना सँगै विकास निर्माणमा आफ्नो भुमिका रहने वताएका छन् ।
गरिबि न्युनिकरणका लागि शिक्षा, स्वास्थ्य, बिद्युक्त, सिचाइ, खानेपानी लगायतका क्षेत्रमा लगानि गर्ने शाहीले वताएका छन् । पहिलो त नागरिकले राम्रो सँग खान लगाउन पाउनु हो, त्यो पहिलो प्राथमिकता हो त्यो सँगै अन्य सामाजिक सवाल र मुद्धामा आफु लाग्ने वताएका छन् । काँग्रेसको बलियो साथ पाएका शाहीले आफ्नो पक्षमा जनमत रहेको दाबि गरिरहेका छन् ।
शाहीले शिक्षामा आमुल परिवर्तन गर्नका लागि बिभिन्न एजेण्डा अगाडि सारेका छन् । शिक्षा बाट कोही पनि बञ्चित नहुने खाले रणनिति घोषणा पत्रमा उल्लेख गरेका छन् । प्रदेश क को स्वास्थ्य निकै कहाली लाग्दो रहेको छ, उपचार अभाबमा कोहीले पनि अकालै ज्यान नगुमाउने बाध्यता हटाउन प्रतिबद्ध भएको शाहीले वताएका छन् ।
बिद्युक्तको राष्ट्रिय प्रशारणलाइ जोडेर सबै नागरिकलाई बिद्यूक्तको पहुँचमा पुयाउने उनको योजना रहेको छ । सञ्चार बिमुख रहेका गाउँलाई सञ्चारको पहुँचमा जोडन लाग्ने शाहीले वताएका छन् । शाहीले बडिमालिका खबर सँग भने गाउँमा आफुले चुनावी एजेण्डा लिएर पुग्दा मतदाता निकै उत्साहित भएको वताए । आफुले काम गर्ने प्रतिबद्धता जनताका मुद्धा रहेकाले आफुलाई जनताको ठुलो साथ रहेको उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार