मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • राजनीति
  • एमाले अध्यक्ष ओली भोलि सुदूरपश्चिम आउने, २ जिल्लामा चुनावी सभा

एमाले अध्यक्ष ओली भोलि सुदूरपश्चिम आउने, २ जिल्लामा चुनावी सभा

  • शुक्रबार, कार्तिक २५, २०७९
एमाले अध्यक्ष ओली भोलि सुदूरपश्चिम आउने, २ जिल्लामा चुनावी सभा

धनगढी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि सुदूरपश्चिम आउने भएका छन्। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि देश दौडाहमा रहेका ओली भोलि (कार्तिक २६) गते सुदूरपश्चिम आउन लागेका हुन्।

ओली भोलि बिहान ७ बजे सुदूरपश्चिम आउने र ३ चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले जानकारी दिए। उनकाअनुसार ओलीले भोलि बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाइ सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

अस्तिमात्रै अध्यक्ष ओली सुदूरपश्चिमको दार्चुला, बैतडी र कञ्चनपुरमा आयोजित चुनावी सभालाइ सम्बोधन गरेर फर्किएका थिए।

चर्चामा

सम्बन्धित समाचार